गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३६५० रुपैयाँ
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको जानकारी गराएकी हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा उक्त मूल्य निर्धारण गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
गत वर्ष फागुनमा सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ तोकेको थियो। जुन प्रतिकिलो ३३.५१ रुपैयाँ पथ्र्यो । यस वर्ष भने प्रतिकिलो ३६.५ रुपैयाँ पर्नेछ।