मन्त्री ज्वालाको गाडीमा आगजनी प्रकरण

बालकुमारीमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु

बालकुमारीमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी पछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका दैलेखका सुजन राउतको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। राउत दैलेख महावु -६ का स्थानीय हुन्। 

यद्देपि प्रहरीले युवाको मृत्युबारे केही जानकारी गराएको छैन।

अर्का एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा डोटीका वीरेन्द्र शाह रहेका छन्। अन्य आधा दर्जन बढी पनि घाइते भएको प्रहरी प्रवक्ता कुवेर सिंह कडायतले अन्नपूर्णलाई जानकारी दिएका छन्।  उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले स्थिति सामान्य बनाउन केही सेल अश्रुग्यास र गोली प्रहार गरेको थियो। 

शु्क्रबार अपरान्ह मन्त्री ज्वाला सवार गाडीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूले आगजनी गरेका थिए। आगजनीका कारण मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी पूर्णरुपमा नष्ट भएको छ ।

प्रदर्शनकारीहरूले केहि सार्वजनिक सवारी साधनमा समेत तोडफोड गरेका छन् । गाडीमा आगजनी गर्ने केहि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो । विभिन्न माग राख्दै केहिदिन यता इपिएस कार्यालयमा युवाहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.