बालकुमारी घटना : सिडियोलाई गृह मन्त्रालय र  एसएसपीलाई प्रहरी हेडक्वाटर तानियो

बालकुमारी घटना : सिडियोलाई गृह मन्त्रालय र  एसएसपीलाई प्रहरी हेडक्वाटर तानियो

काठमाडौं : ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र ललितपुर एसएसपी सिद्धिबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’लिएका थिए। उक्त छलफलपश्चात सरकारले पण्डितलाई गृह मन्त्रालय र ललितपुर एसएसपी सिद्धिबिक्रम शाहलाई प्रहरी हेडक्वाटरमा तानिएको गृह मन्त्रालयमा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सरकारले उनीहरुमाथि थप सोधपुछका लागि फिर्ता बोलाएको हो।

गृह मन्त्रालयमा प्रवक्ता भट्टराईका अनुसार सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पीएओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको छ। 

प्रधानमन्त्री प्रचण्डले संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्दै विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए। 

बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति बनाएको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्।

 शुक्रबार ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पण्डितको आदेशमा नै आन्दोलनमा गोली चलाइएको थियो।  कोरियन भाषा परीक्षा ‘ईपीएस कार्यालय’परिसरमा भएको आन्दोलनमा प्रहरीले गोली नै चलायो। जहाँ गोली लागेर दुई युवाले ज्यान गुमाएका थिए। मृत्यु हुनेमा दैलेखका सुजन राउत र चौरपाटी–१ सिउडी अछामका वीरेन्द्र शाह रहेका छन्। 

शुक्रबार अपराह्न भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। हवाई फायर गरेको थियो। अनि, गोली चलाएको थियो। प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा हावा फुस्काई दिएका थिए। चालकलाई बाहिर निकालेर गाडीमा आगो लगाएका थिए। आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी पूर्ण रूपमा ध्वस्त भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.