शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
अर्घाखाँची : नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगंगा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ।
शितगंगा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानावापत ४७ करोड वक्यौता नतिरेपछि गएरातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।
डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ।