उपेन्द्र यादवलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्छ : प्रभु साह

उपेन्द्र यादवलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्छ : प्रभु साह
सुन्नुहोस्

वीरगन्ज : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरूकै कारण देश असफल भई आर्थिक संकट गहिँरिदै गएको बताएका छन्।

पर्साको पोखरियामा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिँरिदै गएका कारण विभिन्न समस्या देखा परेको बताए।

‘कांग्रेस, माओवादी, एमालेलगायत दलका नेताहरू सत्ता प्राप्तिको मात्रै दौडमा छन्। समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेमा सोच्ने उनीहरूलाई फुर्सद छैन,' उनले भने। 

रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन नसकेको उनको आरोप छ। रोजगारका लागि विदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य सबैले देखेको उनले बताए। 

उनले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुको विकल्प नभएको बताए। अहिलेको सरकार, दल र दलका मठाधिशहरू असफल भइसकेको बताउँदै उनले यो सरकार विघटन गरी अन्तरिम सरकार गठन गरेर देशलाई निकास र विकास दिएर मुलुक समृद्ध बनाउन सकिने बताए।

अध्यक्ष साहले मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताए। उनले उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए। देशकै आर्थिक राजधानी रहेको वीरगन्जसहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाएको उनको आरोप थियो।

‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडि छ। मधेसलाई बर्बाद गर्ने, उजाड बनाउने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आइसकेको छ,' उनले भने। कार्यक्रममा नेपाली कांग्रेसका सुवाश कुशवाहा, जसपाका बशिष्ट कुशवाहा, जनमत पार्टीका केदार कुशवाहा, लोसपाका ओमप्रकाश कुशवाहा, जसपाका महम्द इस्तिखार फगायत आजपामा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.