यसरी मनाइयो टोपी दिवस (तस्बिरसहित)
काठमाडौं : ‘नेपाली टोपी : नेपाली पहिचान’भन्ने नाराका साथ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ। अङ्ग्रेजी नयाँ वर्षको दिन सोमबार बसन्तपुरमा भेला भएर युवायुवतीले विगत वर्षजस्तै ११ औँ नेपाली‘टोपी दिवस’ मनाएका हुन्।
अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै नेपालीहरुले २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षण लागि टोपी दिवस मनाउन सुरु गरिएको हो।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि जागरूक युवाले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ।
राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गरेका थिए। नेपालका विभिन्न स्थानमा आज टोपी दिवस मनाइएको छ।
बसन्तपुरमा यस्तो देखियो