बागमती किनारमा सयौं घनमिटर ढुंगा अवैधरुपमा भण्डारण

बागमती किनारमा सयौं घनमिटर ढुंगा अवैधरुपमा भण्डारण

रौतहट : बागमती नदी किनारमा सयौं घनमिटर ढुंगा अवैध रूपमा संकलन गरेर भण्डारण गरिएको छ। रौतहट र सर्लाहीका केही व्यक्तिको संलग्नतामा ढुंगा संकलन गरी राखिएको गुनासो छ। सबडिभिजन वन कार्यालय बलेरीका केही कर्मचारीको कमजोरीले वन क्षेत्रमा सयौं घनमिटर ढुंगा संकलन गरेर भण्डारण भएको स्थानीय बासिन्दाले बताएका छन्।

बलेरी वन क्षेत्रको तोरीबारी जंगलभन्दा दक्षिण बागमतीको किनारमा ढुंगा संकलन गरेर राखिएको छ। संकलन गरिएको ढुंगा केही वन कर्मचारीको मिलोमतोमा सर्लाही तर्फ लैजान थालेको स्थानीयले आरोप लगाएका छन्। 

अवैध रूपमा संकलन गरी राखिएको ढुंगा वन कार्यालयले जफत गरी नियमअनुसार लिलाम प्रक्रियामा जानुपर्ने स्थानीयले बताए। बागमती बगर तथा जंगलमा संकलन गरी राखिएको ढुंगाका विषयमा स्थानीय बासिन्दाले सम्बन्धित निकायमा उजुरी दिएका छन्। 

सब वन डिभिजन कार्यालयका प्रमुख सुरेश महतोले बागमती क्षेत्रमा संकलन गरिएको ढुंगा प्रक्रिया पुर्‍याएर मात्र उठाउन दिने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.