बागमती प्रदेशमा एक हजार बढीमा अटिजम
हेटौंडा : बागमती प्रदेशमा एक हजारभन्दा बढीमा अटिजम भएको पाइएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा हाल १ हजार २५३ जनामा अटिजम छ।
मंगलबार मन्त्रालयले अटिजम सम्बन्धी प्रदेशको स्थिति बारे जानकारी दिन आयोजित कार्यक्रममा बागमती प्रदेशमा अटिजमबाट प्रभावित बालबालिकाको संख्या बढ्दै गएको तथ्यांक प्रस्तुत भएको हो।
तथ्यांक अनुसार काठमाडौंमा ४ सय ९५, ललितपुरमा ८३, भक्तपुरमा ७८, चितवनमा ११३, नुवाकोटमा ६५ जनामा अटिजम रहेको छ। यसैगरी सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३, सिन्धुलीमा ६५, रामेछापमा २८, काभ्रेमा ६५ र रसुवामा १७ जनामा अटिजम रहेको मन्त्रालयले जनाएको छ।