अज्ञात रोगबाट उदयपुरमा १८ माउबाख्रा मरे

अज्ञात रोगबाट उदयपुरमा १८ माउबाख्रा मरे
सुन्नुहोस्

उदयपुर : अज्ञात रोगको कारण उदयपुर सदरमुकाम गाईघाटमा एकै गोठका १८ माउबाख्रा मरेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका  १० बोक्सेस्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका सञ्चालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन् ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठ नै रित्तिनेगरी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए। मंगलबार बिहान एकैपटक ९ वटा बाख्रा मरेको खबर पाएपछि वडा अध्यक्षले पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार उपचार हुँदाहुँदै मंगलबार साँझसम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाइ छ । सोमबार राती आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताए । 

उपचार गर्दागर्दै मंगलबार साँझसम्म १८ वटा बाख्रा मरेपछि कृषक खड्काले  ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ। सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीय कृषकको भनाइ छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.