११५ किलो अवैध गाँजासहित दुईजना पक्राउ

११५ किलो अवैध गाँजासहित दुईजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सुनसरी : सुनसरीबाट ७० किलो र मोरङबाट ४५ किलो गरी करिब १ सय १५ किलो अवैध लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरी, हरिनगरा गाउँपालिका-६ ईदगाहबाट ७० किलोग्राम गाँजासहित पक्राउ पर्नेमा भारत अररिया बासमतिया ग्राम बस्ने २७ वर्षीय ऐना तुला छन् । 

प.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरका चालक उनलाई ट्याक्टरको ट्रलीमा अतिरिक्त बाकस बनाइ ६६ वटा पोकामा लुकाइ राखेको उक्त गाँजा फेला पारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । 

यसैगरी मोरङ,बिराटनगर महानगरपालिका-१८ झटियाई मुसरी टोल नयाँबस्तीस्थित खेतबाट करिब ४५ किलोग्राम गाँजासहित पक्राउ पर्नेमा सोही महानगरपालिका-१८ बस्ने १९ वर्षीय नन्दु यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित गएराति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.