गलकोट नगर र ताराखोला गाउँपालिका फाइनलमा प्रवेश

गलकोट नगर र ताराखोला गाउँपालिका फाइनलमा प्रवेश
सुन्नुहोस्

बागलुङ : बागलुङमा जारी गण्डकी प्रदेश खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिका भिड्ने भएका छन्। 

सातौं बागलुङ महोत्सवमा आयोजना गरिएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बिहीबार होटल माउन्टेन भ्यू काठेखोला गाउँपालिका-५ माथि रोमाञ्चक जित निकाल्दै ताराखोला फाइनलमा प्रवेश गरेको हो। ताराखोलाले होटल माउन्टेन भ्यूलाई ३-२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्‍यो। 

पहिलो सेटमा २५-२१ को जित निकाल्न सफल ताराखोलाले दोस्रो सेट २०-२५ ले गुमाउन पुग्यो। तेस्रो सेट २५-१७ को सहज जित निकालेको ताराखोलाले चौथो सेटमा प्रतिस्पर्धात्मक २९-३१ ले गुमाउँदा खेल पाचौं सेटमा पुगेको थियो। 

पाँचौं सेटमा सुरुवातदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको ताराखोलाले १५-१० को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्‍यो। यस्तै दोस्रो सेमिफाइनल खेलमा गलकोट नगरपालिकाले ढोरपाटन नगरपालिका माथि ३-२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको छ। 

पहिलो सेट २३-२५ ले गुमाएको गलकोटले दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-२० ले जित निकाल्न सफल भयो। चौथो सेटमा गलकोटले १५-२५ ले गुमाउन पुग्दा खेल पाँचौं सेटमा पुगेको थियो। गलकोटले पाँचौं सेटमा १५-१२ को जित निकाल्यो।

प्रतियोगिता अन्तरगत शुक्रबार तेस्रो स्थानका लागि ढोरपाटन नगरपालिका र होटल माउन्टेन भ्यूबीच खेल हुने महोत्सवका भलिबल खेल संयोजक संजयकुमार श्रेष्ठले जानकारी दिए। उनले फाइलन खेल शनिबार हुने बताए।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, तृतीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना हुने टिमले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने भलिबल खेल संयोजक श्रेष्ठले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.