मुस्ताङ  भित्रिए ९० हजार विदेशी पर्यटक

मुस्ताङ  भित्रिए ९० हजार विदेशी पर्यटक
सुन्नुहोस्

जोमसोम : सन् २०२३ को वर्षभरिमा कुल ९० हजार ३ सय ४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। सन् २०२२ मा कुल ६५ हजार ९ सय ४० विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकोमा सन् २०२३ मा २४ हजार ४ सय ६  पर्यटकको संख्या वृद्धि भएको हो।

सन् २०२२ को तुलनामा गत वर्ष २७ प्रतिशत पर्यटक वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। कोरोना कहरको जोखिम अन्त्य भएको र मुस्ताङको पर्यटक चलायमान हुँदै जान थालेपछि मुस्ताङको भ्रमण गर्ने पर्यटकले नयाँ कीर्तिमानी रेकर्डसमेत कायम गरेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ। यस वर्ष अन्तर्राष्ट्रिय अमेरिकी सञ्चार संस्था सीएनएनले घुम्नै पर्ने सूचीका रूपमा मुस्ताङ उपत्यकालाई सूचीकृत गरेकाले समेत मुस्ताङमा उल्लेख्य संख्यामा पर्यटक आवागमन बढेको हो।

सन् २०२३ मा भ्रमण गरेका विदेशी पर्यटकमा ७२ हजार ८५ सार्क राष्ट्र र १७ हजार ६ सय ७२ तेस्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन्। उक्त तथ्यांकमा समावेश नभएको थप ५ सय ८९ पर्यटक डिसेम्बरमा थपिएको एक्यापले जनाएको छ।

गत वर्ष मनाङ हुँदै राउन्ड अन्नपूर्ण चर्कीय पदमार्गबाट मुस्ताङ भित्रिने पर्यटकको संख्या १० हजार ७ सय २३ जना छन्। राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ भित्रिनेमा ९ हजार ६ सय ७ विदेशी तेस्रो मुलुक र ६ सय २७ सार्क राष्ट्रका विदेशी पर्यटक छन्। राउन्ड अन्नपूर्ण पदमार्ग गर्नेमा अधिकांश तेस्रो मुलुकका विदेशी पर्यटक छन्।

मुस्ताङ भ्रमण गर्ने क्रममा पर्यटक अनुमतिपत्र (परमिट ) नलिई आएका विदेशी पर्यटकको संख्या ५ हजार ८ सय ४० जना छन्। सन् २०२२ मा ४६ हजार ७ सय २४ सार्क र १९ हजार २ सय ६ तेस्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। त्यसअघि सन् २०२१ मा जम्मा २ हजार ३ सय पर्यटकले मात्रै मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। 

राउन्ड अन्नपूर्ण चर्कीय पदमार्ग हुँदै मुस्ताङ भित्रिनेमा सन् २०२२ र २०२३ को पर्यटकीय तथ्यांक लगभग उस्तै छ। राउन्ड अन्नपूर्ण पदमार्ग गर्नेमा अधिकांश तेस्रो मुलुकमा विदेशी पर्यटक छन्। तर, गत वर्षको तुलनामा मुस्ताङ भ्रमण गर्नेको तथ्यांकमा नयाँ उभार आएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.