जुन टोलीले खेल्नेछ विश्वकप
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ पुरुष विश्वकपका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
कप्तान देव खनाल छन्। यसअघि यू–१९ एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झा पनि टोलीमा समेटिएका छन्। टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेशप्रसाद कँडेल परेका छन्। यस्तै, विशालविक्रम केसी, सुभास भण्डारी, दीपक बोहोरा, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द टोलीमा परेका छन्।
दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। नेपालले विश्वकपमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग खेल्नेछ। आफ्नो पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग हुनेछ। दोस्रो पाकिस्तानसँग २४ जनवरी र अफगानिस्तानसँग २६ जनवरीमा खेल्ने तालिका छ।
यसैबीच क्यानले बिहीबार पत्रकार सम्मेलन गरी सन् २०२४ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। जुन क्यालेन्डरमा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेटिएका छन्।
वार्षिक क्यालेन्डरअन्तर्गत उमेर समूह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको मितिसहितको खेल उल्लेख छ। क्यानका अनुसार घरेलु मैदानमा क्यानडासँगको खेल, नामिबिया र नेदरल्यान्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला हुनेछ। नेपाल प्रिमियर लिग मंसिरमा गर्ने गरी वार्षिक क्यालेन्डरमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले बताए। उनले नेपाल ए टिम बनाउन लागेको र क्यानडाले सोही टिमसँगै प्रशिक्षण गर्ने बताए।
खड्काले हङकङमा प्रस्तावित चार देशीय खेलको प्रस्ताव आएको बताए। घरेलु प्रतियोगितालाई पनि प्राथमिकताका साथ राखिएको उनले सुनाए। उनका अनुसार एसोसिएटमा नम्बर १ बन्ने चुनौती रहेको र यही प्राथमिकताका साथ क्यान अघि बढ्नेछ। उनले यसै वर्ष नेपालमा लेभल टु कोचिङसमेत हुने बताए।
देवको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा
– देव खनाल (कप्तान)
– अर्जुन कुमाल
– आकाश त्रिपाठी
– दीपकप्रकाश डुम्रे
– दुर्गेश गुप्ता
– गुल्सनकुमार झा
– दीपेशप्रसाद कँडेल
– विशालविक्रम केसी
– सुभास भण्डारी
– दीपक बोहोरा
– दीपकक बोहोरा
– उत्तम रंगु थापा मगर
– विपिन रावल
– तिलकराज भण्डारी
– आकाश चन्द