स्थानीय तहबाट नागरिकता वितरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

स्थानीय तहबाट नागरिकता वितरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुन्नुहोस्

जोमसोम : नेपाल कम्युनिष्ट पार्टीले नागरिकता, परिचयपत्र तथा जग्गा किनबेच लगायतका कामहरू स्थानीय तहलाई दिनुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। नेकपा जिल्ला समिति मुस्ताङले शुक्रबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। 

ज्ञापनपत्रमा भनिएको छ, 'संघीयता निर्माण र अभ्यास गर्न खोजिएको भए पनि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज रूपमा पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामहरूको सुविधाहरू नागरिकता, परिचयपत्र र जग्गा किनबेच लगायतका लागि अझै सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ।'

अत्यावस्यक कामहरू गर्न समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामूलक बनिरहेको यथार्थ जगजाहेर रहेको ज्ञापनपत्रमा उल्लेख छ। ‘जनताका आधारभूत समस्या नागरिकता, परिचयपत्र र जग्गा किनबेचको अधिकार सम्बन्धित स्थानीय पालिकालाई उपलब्ध गराउन प्रधानमन्त्री दाहालका नाममा विशेष ध्यानाकर्षण गराउन चाहन्छौं,’ ज्ञापन पत्रमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.