सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने

सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने
फाइल तस्बिर।

काठमाडौं : सत्तारुढ गठबन्धनले नेकपा एमालेसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य नगर्ने भएको छ। शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेसँग सहकार्य नगर्ने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

बैठकले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा गठबन्धनभित्रकै दलबीच भागबण्डा गरेर चुनाव लड्ने समझदारी गरेको उनले बताए। ‘अहिले त्यो विषय छैन अब, गठबन्धनकै दलहरुबीचमा सिटको बाँडफाँट हुन्छ।’, उनले भने, ‘सरकारमा सहभागी दलको छलफल र निर्णयले टुंगोमा पुग्छ र चुनाव लड्छ।’

लेखकले बृहत लोकतान्त्रिक धारणाका साथ सत्ता र प्रमुख प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर एमालेसँग छलफल गरेपनि सम्भव नभएको बताए। उनले एमालेले हिजो १९ सिटमै निर्वाचन लड्ने निर्णय गरेकाले सत्ता गठबन्धन आफ्नै ढंगले अगाडि बढ्ने जानकारी गराए।

सत्ता गठबन्धन र एमालेको सहकार्यको विषयलाई लिएर गठबन्धनमा आबद्ध दल र एमालेको सचिवालय बैठकमा विरोध भएको थियो। पार्टीभित्र आन्तरिक छलफलपश्चात आज साँझ नै गठबन्धनको बैठक बस्ने तयारी छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.