पुनर्बिमा र निर्जीवन बिमा कम्पनीको लगानी विविधीकरण

पुनर्बिमा र निर्जीवन बिमा कम्पनीको लगानी विविधीकरण

काठमाडौं : लगानी गर्नुअघि पुँजीबजारमा सूचीकृत कम्पनीको विस्तृतमा जानेर गरेको लगानीले उचित प्रतिफल दिने सेयरका विश्लेषकहरू बताउँछन्। यसैले पनि सूचीकृत सबै समूह तथा उपसमूहमा रहेका कम्पनीको स्थितिबारे बुझ्न त्यसले कस्ता क्षेत्रमा लगानी गरेर भोलि कतिसम्म प्रतिफल दिन सक्छ भनेर आकलन गर्न सकिन्छ। यति मात्रै होइन लगानी जोखिमयुक्त क्षेत्रमा गरेको छ वा सुरक्षित क्षेत्रमा गरेको छ भनेर सेयर खरिदबिक्रीमा समेत सजग गराउँछ। यसैले यहाँ पुनर्बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीको लगानीलाई केन्द्रित गरिएको छ।

नेपालमा दुई पुनर्बिमा कम्पनी सञ्चालनमा छन्। पहिलो नेपाल रि–इन्स्योरेन्स कम्पनीको गत साताको अन्तिम कारोबार दिनप्रति सेयर मूल्य ६ सय ६३ रुपैयाँ हाराहारीमा थियो। सो कम्पनीले विभिन्न क्षेत्रमा २० अर्ब २६ करोड ६० लाख २९ हजार रुपैयाँ बराबरको लगानी रहेको छ। यो लगानी आर्थिक वर्ष २०८०,८१ को पहिलो त्रैमासिकको हो। यसैगरी, पछिल्लोपटक प्रिमियममा प्राथमिक सेयर (आईपीओ) जारी गरेको नयाँ पुनर्बिमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सले पनि विस्तारै लगानीको दायरा बढाउँदै छ। चालु आवको असोजसम्ममा उक्त कम्पनीले विभिन्न क्षेत्रमा कुल १० अर्ब १३ करोड ८ लाख ७६ हजार रुपैयाँ लगानी गरेको छ। 

आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार नेपाल बिमा प्राधिकरणले पुनर्बिमकको लगानी निर्देशन–२०७९ अनुसार गर्न सीमा तोकिदिएको छ। सोही आधारमा रहेर पुनर्बिमा कम्पनीले न्यूनतमदेखि अधिकतम लगानीको दायरा बढाउन पाउँछन्। पुनर्बिमा कम्पनीहरूले नेपाल सरकार, प्रदेश र स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। सोहीअनुसार यसमा सञ्चालनमा रहेका नेपाल पुनर्बिमा कम्पनीले ३० करोड लगानी गरेको छ भने हिमालयन रिले भने सो अवधिसम्म कुनै पनि लगानी गरेको छैन। यस्ता सरकारी ऋणपत्रको लगानीलाई सुरक्षित मानिन्छ। 

अझ बिमा कम्पनीहरूले बढी सुरक्षित ठान्ने बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढी आकर्षण छ।  यसमध्ये पनि वाणिज्य बैंकमा बढी राखिएको छ। हुन पनि प्राधिकरणले मुद्दती निक्षेपको लगानीमा न्यूनतम ३० प्रतिशतसम्म अनिवार्य गरेको छ तर अधिकतम नतोकेकाले यसमा अधिक आकर्षण छ। दुवै पुनर्बिमा कम्पनीबाट वाणिज्य बैंकमा कुल २३ अर्ब २२ करोड ६२ लाख रुपैयाँ रकम  

मुद्दती निक्षेपमा जोखिम कम हुने र निश्चित रूपमा निक्षेपबापतको ब्याज नियमित आम्दानी हुने भएकाले यसमा ढुक्कले लगानी गरेको देखिन्छ। तर, उक्त पुनर्बिमा कम्पनीहरूले पूर्वाधार बैंकको मुद्दती निक्षेपमा समेत लगानी गरेका छन्। यससँगै बिमा कम्पनीहरूले विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। यसमा नेपाल पुनर्बिमाले २ अर्ब २ करोड हाराहारीमा मुद्दतीमा लगानी गरेको छ भने हिमालयन रिको हालसम्म छैन। यसबाहेक ‘ग’ वर्गको वित्तीय संस्थाको मुद्दती निक्षेपमा पनि अधिकतम ५ प्रतिशतसम्म लगानी गर्न पाइन्छ।  तर, यसमा दुवै पुनर्बिमा कम्पनीले गरेका छैनन्। तथ्यांक हेर्दा बिमा कम्पनीहरूले मुद्दती निक्षेपको लगानीलाई सुरक्षित ठानेर अधिकतम सीमासम्मको लगानी गरेका छन्। 

कम्पनीहरूले घरजग्गामा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँछन्। तर, यो क्षेत्र बढी जोखिमयुक्त भएकाले दुवै पुनर्बिमा कम्पनीले लगानी गरेका छैनन्। यस्तै, पुनर्बिमा कम्पनीहरूले आफ्नो लगानीको अधिकतम १० प्रतिशतसम्म सूचीकृत पब्लिक लि. कम्पनीको साधारण सेयर (आईपीओ)मा गर्न पाइने व्यवस्था छ। यसमा नेपाल पुनर्बिमाले ५८करोड ८९ लाख रुपैयाँ र हिमालयन रिले ६ करोड २० लाख रुपैयाँ लगानी गरेका छन्। यस्तै, कम्पनीहरूले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको अग्राधिकार सेयर, बन्ड, डिबेञ्चर र ऋणपत्रमा अधिकतम २० प्रतिशतसम्म लगानी गर्न सक्छन्। यसमा नेपाल पुनर्बिमाले १ अर्ब ८७ करोड ८२ लाख र हिमालयन रिले १ अर्ब ३९ करोड १९ लाख लगानी गरेका छन्।

यसैगरी यी कम्पनीले सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउछन्। तर, यसमा दुवै कम्पनीले लगानीमा चासो देखाएका छैनन्। यससँगै, यी दुई कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीतभण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा, विकरण ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत् प्रसारणलाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्नपाउने वयवस्था भए पनि खासै चासो देखाएका छैनन्। 

बरु नागरिक लगानी कोष र म्युचुअल फन्डमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थामा भने आकर्षित भएका छन्। यसमा नेपाल पुनर्बिमाले ५ करोड ९ लाख रुपैयाँ र हिमालयन रिले ४ करोड रुपैयाँ बराबरको लगानी गरेको बिमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ। 

तर, इन्भेस्टमेन्ट कम्पनीहरूको सेयरमा पनि अधिकतम ५ प्रतिशतसम्म किन्न पाइने अधिकार भए पनि दुवै कम्पनीले चासो दिएका छैनन्। तथापि यी अन्य संस्थापक सेयरमा भने नेपाल पुनर्बिमाले १० करोड २६ लाख रुपैयाँ र हिमालयन रिले २२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ। यससँगै  सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा नेपाल पुनर्बिमाले ५० करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ भने हिमालयन रिले हालसम्म गरेको छैन।

निर्जीवन बिमा कम्पनीको कुल लगानी साढे ६० अर्ब, साढे ४८ अर्ब मुद्दती निक्षेपमा आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीहरूको सबै क्षेत्रमा कुल ६० अर्ब ५१ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको पुँजी लगानीमा रहेको नेपाल बिमा प्राधिकरणले बताएको छ। यो हाल सञ्चालनमा रहेका १४ निर्जीवन कम्पनीहरू नेपाल इन्स्योरेन्स, द ओरियन्टल, राष्ट्रिय बिमा, नेसनल, नेको, प्रभु, शिखर, एनएलजी, हिमालयन एभरेस्ट, सानिमा जीआईसी, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, आईजीआई प्रुडेन्सियल र युनाइटेड अजोड निर्जीवन बिमा कम्पनीहरू हुन्। उक्त कम्पनीहरूको मूल लगानीमध्ये सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रहेको छ। किनभने उक्त लगानीमा जोखिम नहुने भएकाले आकर्षण भएको बताइन्छ। सबै कम्पनीबाट वाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा कुल ४२ अर्ब १७ करोड ९ लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानीमा छ। यस्तै, विकास बैंकमा पनि निर्जीवन बिमा कम्पनीहरूले ५ अर्ब ३६ करोड २० लाख र वित्त कम्पनीहरूमा १ अर्ब ४ करोड ९५ लाख रुपैयाँबराबर मुद्दती निक्षेपमा लगानी गरेका छन्।

नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमकको लगानी निर्देशन–२०७९ अनुसार गर्न सीमा तोकिदिएको छ। जसअनुरूप वाणिज्य र पूर्वाधारको मुद्दती निक्षेपको लगानी न्यूनतम ३० प्रतिशत,  विकास बैंकमा बढीमा १० प्रतिशत र  वित्त कम्पनीमा बढीमा ५ प्रतिशत लगानी गर्न पाइने व्यवस्था छ। 

यस्तै, निर्जीवज बिमा कम्पनीहरूले नेपाल सरकार, प्रदेश र स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा न्यूनतम २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। सोहीअनुसार यसमा सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीमध्ये ८ वटाले मात्रै लगानी गरेका छन्। जसमा दि ओरियन्टलले ७ करोड, नेसनल इन्स्योरेन्सले १२ करोड ९५ लाख, प्रभुले ५० लाख, सिद्धार्थले ५० लाख, सगरमाथा लुम्बिनीले ६५ लाख र आईजीआई प्रुडेन्सियलले ४२ लाख ५० हजार लगानी गरेका छन्। 

यसबाहेकका आधादर्जन कम्पनीले भने सरकारी ऋणपत्रमा लगानी गरेका छैनन्। 

यस्तै निर्जीवन बिमा कम्पनीहरूले घरजग्गामा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने भए पनि हालसम्म यसमा सबैकको विकर्षण देखिन्छ। तर, यो क्षेत्र बढी जोखिमयुक्त भएकाले कम्पनीहरू लगानी गर्न हच्किएको अनुमान गरिन्छ। यस्तै, कम्पनीहरूले आफ्नो लगानीको अधिकतम १० प्रतिशतसम्म सूचीकृत पब्लिक लि. कम्पनीको साधारण सेयर(आईपीओ)मा गर्न पाईने व्यवस्था छ। यसमा पनि कम्पनीहरूले भरपुर लगानी गरेका छन्। यद्यपि चालु आवको असोजसम्ममा १२ कम्पनीले यसमा कुल ३ अर्ब १६ करोड ३४ लाख लगानी गरी रहँदा लि ओरिएन्टल र नेसनल इन्स्योरेन्सले भने गरेका छैनन्। 

यसैगरी बिमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। यस्तो लगानीमा ८ कम्पनीबाट मात्रै कुल २ अर्ब ७५  करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन्। 

यता निर्जीवन बिमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीतभण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा, विकरण ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत् प्रसारणलाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउने वयवस्था भए पनि खासै उत्साहित देखिँदैनन्। सो क्षेत्रमा प्रभु इन्स्योरेन्स, शिखर, सगरमाथा लुम्बिनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट कुल ४१ करोड ७५ लाख १ हजार रुपैयाँ मात्रै लगानी भएको छ। बाँकी कम्पनीको रोजाइमा यस्ता उत्पादनमूलक क्षेत्र परेको छैन। 

जुनसुकै बिमा कम्पनीहरूले पनि आफ्नो पुँजीलाई लगानी गर्दा जोखिम रहित क्षेत्र रोज्नु स्वाभाविक हो। यसो हुँदा कम्पनी दीर्घकालीन रूपमा सेफ जोनमा बस्छ। यद्यपि कम्पनीहरूले लगानीको विविधीकरण गर्दा भने जोखिम बाँडिने भएकाले यसमा ध्यान दिन सुझाव दिन्छन्, नेपाल बिमा प्राधिकरणका कानुन शाखा प्रमुख शाम्भुराज लामिछाने। उनकाअनुसार वास्तवमा कम्पनीले लगानी एउटै क्षेत्रमा मात्रै बढी केन्द्रित भएर गर्न हुँदैन। ‘लगानी विविधीकरण गर्दा एउटै बास्केटमा धेरै हाल्नु हुँदैन। लगानी तोकिएका विभिन्न क्षेत्रमा बाँड्नुपर्छ। साथै लगानी गरेको क्षेत्र पनि कत्तिको उचित छ भनेर लगानीकर्ताले हेर्दा भविष्यलाई राम्रै हुन्छ,’ लामिछानेले अन्नपूर्णसँग भने, ‘यदि कमपनीले सरकारको बचतपत्रमा गरेको लगानी सतप्रतिशत सुरक्षित हुन्छ। यस्तै, बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानीका रूपमा राखेको छ भने पनि सतप्रतिशत सुरक्षित भयो। तर, रियल स्टेट (घरजग्गामा) पनि लगानी गरेका छन् यो भने अल जोखिमयुक्त मानिन्छ।’ अहिले  बिमा प्राधिकरणले हवाई जस्ता सेवा क्षेत्रमा पनि लगानी गर्न दिएको छ। तर, यो क्षेत्रमा गरेको लगानी पनि अलि जोखिम नै ठानिन्छ। यसर्थ उनले आम लगानीकर्तालाई सुझाव दिदै भने, ‘पुँजी बजारका लगानीकर्ताले बिमा कम्नीको सेयर खरिदबिक्री गर्नुअघि उक्त कम्पनीको लगानी कत्तिको सुरक्षित क्षेत्रमा छ भनेर हेर्न जरुरी छ। जसलाई यी तथ्यांकले पनि मद्दत पुर्‍याउँछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.