वर्तमान सत्ता गठबन्धनले जातीय सद्भाव भड्काउने काम गरिरहेको छ : पोखरेल

वर्तमान सत्ता गठबन्धनले जातीय सद्भाव भड्काउने काम गरिरहेको छ : पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको नेतृत्व गर्नेहरुबाटै जातीय सद्भावलाई भड्काउने काम भइरहेको आरोप लगाउनुभएको छ। राष्ट्रिय अपाङ्गता संगठन नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव खलबल्याउने काममा लागेको आरोप लगाएका हुन्।

 
गठबन्धनको नेतृत्व गर्नेहरु जातीय सद्भावलाई भड्काउनको लागि पहिचानको नाममा आगो सल्काउने काम गरिरहेको भन्दै उनले निन्दा र भर्त्सना गरे। उनले कुनै पनि जाति सानो वा ठूलो नहुने र कसैलाई विभेद गर्न नहुने र कसैले जातीय सद्भाव भड्काउन खोजे मान्य नहुने जिकिर गरे। 

पोखरेलले अहिले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा कमजोर बनेको बताए। उनले भारतीय राजदूतावासले नेपालमा आफूखुसी २० करोड रुपैँयासम्मका योजनामा खर्च गर्ने गरी सरकारले गरेको सम्झौता एमालेलाई मान्य नरहेको पनि स्पष्ट पारे। पोखरेलले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर हुन नदिन एमाले दृढतापूर्वक उभिने दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.