प्रतिबन्धित भारतीय चल्ला वीरगन्जमा बरामद

प्रतिबन्धित भारतीय चल्ला वीरगन्जमा बरामद
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको ग्रामीण भेगबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला ठूलो परिमाणमा बरामद गरी नष्ट गरेको छ।

वीरगन्ज महानगरपालिका-२१ डोकैला बहुअरीबाट प्रहरीले  ३ हजार ८ सय वटा भारतीय बोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

उनका अनुसार तस्करहरूले भारतबाट बिआर ०५ डी ९७२५ र बिआर ०५ क्यु ३२६५ नम्बरको मोटरसाइकलमा कुखुराको चल्ला ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। तस्करहरू भने प्रहरीलाई देखेपछि चल्ला छोडेर फरार भएकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको थापाले बताए। 

बरामद चल्ला पशु क्वारेन्टाइन कार्यालय सिर्सियाको रोहबरमा नष्ट गरिएको उनले जानकारी दिए। नेपालमा पशुपंक्षीजन्य चिजवस्तु आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाइएकाले ती चल्लाहरू बरामद गरी नष्ट गरिएको थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.