हाटबजार र एग्रोभेटबाट बिउबिजन जफत

हाटबजार र एग्रोभेटबाट बिउबिजन जफत
सुन्नुहोस्

परासी : कृषि ज्ञान केन्द्र नवलपरासीको अनुगमन टोलीले बिउबिजन जफत गरेको छ। जिल्लामा सञ्चालित सहकारी, एग्रोभेटलगायत कृषि सामग्री बिक्रेता पसलको अनुगमन गरी बिउबिजन जफत गरेको हो।

ज्ञानकेन्द्रसहित कृषि सामग्री कम्पनी, बिउबिजन प्रयोगशाला भैरहवालगायतको टोली साप्ताहिक हाटबजार र एग्रोभेटमा अनुगमनमा गएको थियो। बिउबिजन बिक्री गर्ने तर कारोबारको अनुमति नलिएका एग्रोभेटबाट जफत गरिएको हो। सुनवलका दुई एग्रोभेट र रामग्राम नगरपालिका–१२ पटखौलीमा लाग्ने साप्ताहिक हाटबजारबाट विभिन्न जातका बिउबिजन जफत गरिएको ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले जानकारी दिए। अनुगमनका क्रममा जाँदा हाट बजारमा खुला रूपमा बिउबिजन बिक्री हुँदै आए पनि वास्ता नगरको भन्दै एग्रोभेटले गुनासो गरेपछि अनुगमन टोलीले हाटबजारमा पुगेर बिउबिजन जफत गरेको हो। 

हाटबजारमा राखेका तीन पसलबाट बिउबिजन जफत गरिएको थियो। उनीहरू भारतबाट आएर हाटबजारमा बिउ बेच्दै आएका हुन्। जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा त्यसरी भारतीय व्यापारी पुगेर बिउबिजन बिक्री गर्ने गरेका थिए। ज्ञान केन्द्रले अब हाटबजारलाई लक्षित गर्दै अनुगमन कार्यलाई तीव्रता दिइने डा. चौबेले बताए। जफत गरिएका बिउबिजनलाई नष्ट गरिएको ज्ञान केन्द्रले जनाएको छ। 

जिल्लाको सुनवल र रामग्राम नगरपालिका क्षेत्रका दुई सहकारीसहित आठ पसलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा केही एग्रोभेटले पसल नवीकरण नगराएको, कारोबार अनुमति नलिई कृषि सामग्री बिक्री गर्ने जस्ता त्रुटि पाइएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.