उस्ताद राशिद खानको निधन
नयाँ दिल्ली : भारतका प्रसिद्ध शास्त्रीय संगीत कलाकार उस्ताद राशिद खानको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ५६ वर्षको उमेरमा मंगलबार मृत्यु भएको हो।
बीबीसीका अनुसार उस्ताद राशिद खान एक महिनाभन्दा बढी समयदेखि कोलकाताको अस्पतालमा भर्ना भएका थिए । उनी धेरै रोगबाट पीडित थिए ।
उस्ताद राशिद खान पनि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । कोलकाता अस्पतालमा उपचारका क्रममा उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदाउंमा भएको थियो। उनले सानैदेखि शास्त्रीय संगीत सिक्न थालेका थिए । उनले जब वी मेट र माई नेम इज खान जस्ता फिल्ममा पनि गीत गाएका थिए ।
फिल्म 'जब वी मेट' मा गाएको उनको गीत 'आओगे जब तुम...' बलिउडका सदाबहार गीतहरूमा समावेश छ। बीबीसी