जलेर घाइते भएकी वृद्धाको मृत्यु

जलेर घाइते भएकी वृद्धाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : विराटनगरमा आगोले जलेर घाइते भएकी वृद्धाको मंगलबार राति मृत्यु भएको छ ।  प्रहरीका अनुसार विराटनगर महानगरपालिका–६ ब्रह्मपुराकी ७० वर्षीया लक्ष्मी कामतको मृत्यु भएको हो । घरको कोठाभित्र बालेको दियोबाट ओछ्यान र कपडामा आगो सल्किँदा सोमबार राति कामत गम्भीर घाइते भएकी थिइन् । उनलाई उद्दार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल भर्ना गरिएको थियो । 

चिकित्सकले शरीरको ६५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उपचार सम्भव नहुने बताएपछि आफन्तले मंगलबार साँझ घर लिएर गएका थिए । घरमा लगिएकी वृद्धाको राति ८:३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

‘सुतिरहेका बेला कोठाभित्र बालेको दियो लडेर ओछ्यान र कपडामा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगोले जलेर वृद्धा गम्भीर घाइते भएकी थिइन्,’दाहालले भने,‘अस्पतालबाट आफन्तले घर लिएर गएकी वृद्धाको मृत्यु भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.