नारायणी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा पार्न कांग्रेस नेताको माग

नारायणी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा पार्न कांग्रेस नेताको माग
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जस्थित नेपालकै दोस्रो ठूलो नारायणी रंगशालाको जिर्णोद्वार र स्तरोन्नत्तीका लागि सरकारसँग पहल गर्न माग गर्दै नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई आग्रह गरेको छ।

कांग्रेस वीरगन्ज महानगरका नेता-कार्यकर्ताहरुले बुधबार काठमाडौं मै पुगेर सभापति देउवालाई भेटेर नारायणी रंगशालाको जीर्णोद्वार र स्तरोन्नत्तीका लागि पहल गरिदिन आग्रह गरेका हुन्।देउवानिवासमै पुगेर कांग्रेस महानगर समितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले देउवालाई ज्ञापनपत्रपनि बुझाए।

देउवालाई बुझाइएको ज्ञापनपत्रमा वीरगन्जको साझा धरोहरका रुपमा रहेको देशकै दोश्रो ठूलो रंगशाला नारायणी रंगशाला मर्मतसम्भारको अभावमा जीर्ण हुदै गएपनि संघीय र प्रदेश सरकारले कुनै वास्ता नगरेका कारण वीरगन्जलाई उपेक्षा गरेको महसुस वीरगन्जबासीलाई भइरहेको कांग्रेसले जनाएको छ।

विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर थुप्रै राष्ट्रिय खेलाडी उत्पादन समेत गरिसकेको इतिहास बोकेको नारायणी रंगशालालाई संघीय सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश गरेर जीर्ण रंगशालाको मर्मतसम्भार गरी स्तरोन्नती गर्नपनि कांग्रेसले देउवासंग माग गरेको  कांग्रेस महानगर सभापति नेपालीले जानकारी दिए।

विसं २०४२ सालमै वीरगन्जबासीको आफ्नै सहयोगमा निर्मित नारायणी रंगशाला वीरगन्जको मात्रै नभइ समग्र देशभरकै खेलकुद क्षेत्रका लागि ऐतिहासिक धरोहर भएकाले यसको संरक्षण र स्तरोन्नत्ती गर्नु सरकारको दायित्व भएकोले त्यसकालागि सरकारसंग पहल गरिदिन सभापति देउवासँग आग्रह गरिएको कांग्रेस महानगर उपसभापति सन्तोष गुप्ताले बताए।

ज्ञापनपत्र बुझ्दै कांग्रेस सभापति देउवाले नारायणी रंगशालाको जीर्णोद्वार र स्तरोन्नत्तीका लागि आँफुले   प्रधानमन्त्री र खेलकुदमन्त्रीसंग आग्रह गर्ने आश्वासन दिएको महानगर उपसभापति गुप्ताले जानकारी दिए। बुधबार नै कांग्रेस उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङलाई पनि मन्त्रालयमा भेटेर नारायणी रंगशालाको जीर्णोद्वार र स्तरोन्नत्तीको माग गर्दै ज्ञापनपत्र बुझाइएको गुप्ताले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.