सभामुख चयनलगत्तै अन्त्य गरियो कोशी प्रदेशसभाको अधिवेशन

सभामुख चयनलगत्तै अन्त्य गरियो कोशी प्रदेशसभाको अधिवेशन
सुन्नुहोस्

विराटनगर : सभामुखको निर्वाचनलगत्तै कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ। रिक्त रहेको करिब ६ महिनापछि मंगलबार सभामुख चयन भएको थियो। 

बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले आज बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। लगत्तै, प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।

गत साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुखका लागि मंगलबार निर्वाचन भएको थियो। सत्तारूढ दल र प्रमुख प्रतिपक्षीसमेतको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट निर्विरोध रूपमा सभामुख बनेका थिए।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.