प्रिन्स र सुजन अन्तिम १६ मा

प्रिन्स र सुजन अन्तिम १६ मा
सुन्नुहोस्

काठमाडौं : नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र सुजन थापा प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको पहिलो दिन प्रिन्सले जोहेर उद्दिनलाई २१–७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। यस्तै सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१–१७, २१–१३ ले पराजित गरे।

बौद्ध–६ स्थित कभर्डहलमा भएको प्रतियोगितामा नेपाल पुलिस क्लबका सुनिल जोशीले एपीएफका अमन महर्जनलाई २१–१९, २१–१६, त्रिभुवन आर्मी क्लबका डेभिड थापामगरले स्पोर्टस् हबका विशाल तामाङलाई १७–२१, २१–११, २१–१५, पुलिसका जीवन आचार्यले एपीएफका क्षितिज खनाललाई २१–१९, २२–२०, आर्मीका कविर केसीले सरफराज उद्दिनलाई २१–२, २१–४, एपीएफका देवराज रानाले सागर लामालाई २१–५, २१–४, पुलिसका अभिक श्रेष्ठले पिस फिटनेस सेन्टरका दशरथ बुढालाई २१–७, २१–१६, एपीएफका अनिल मल्लले एपीएफकै अरुण अधिकारीबाट वाक ओभर, पुलिसका दीपक बोहराले आर्मीका रोशन साउदलाई १७–२१, २१–१२, २१–१९ ले हराए।

यसैगरी एपीएफका भोजबहादुर गुरुङले मोइन उद्दिनलाई २१–१०, २१–९, आर्मीका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुसन श्रेष्ठलाई २१–९, २१–६, नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१–११, १५–२१, २१–१७, एपीएफका विजित थापामगरले पुलिसका पूर्ण थापालाई २१–१९, १९–२१, २१–११, स्पोर्टस् हबका सुनिल कार्कीले एपीएफका प्रारम्भ सिंखडालाई २१–१२, २१–७ र पुलिसका विष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१–१४, २१–४ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरे।

भेट्रान ३५ वर्षमाथिको युगल प्रतिस्पर्धामा कागेश्वरीका देविन्द्र राई र उमेशकुमार राई, चन्द्रगिरीका माधव ढकाल र प्रमोद महर्जन, राम आले र अमर डंगोल, कुमार लामा र दत्त थापा तथा आयोजक स्पोर्टस् हबका लाक्पा तेन्गी तामाङ र श्याम तामाङको जोडीले अन्तिम १६ मा स्थान बनाउन सफल भए। यस्तै ४५ वर्षमाथि युगलमा विपिन शाह र पूर्ण श्रेष्ठ, तिलक छन्त्याल र हिरा रोका, निरज लामा र एलपी महर्जन तथा केशव न्यौपाने र नरेन्द्र न्यौपानेको जोडी पनि प्रिक्वार्टरफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिताका विजेता, उपविजेता एवं तेस्रो हुने खेलाडीले क्रमशः ४५ हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन्। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार उद्घाटन गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.