मुस्ताङका तीन गाउँले थकालीले नयाँ वर्ष ढुक्ल्हो मनाए

मुस्ताङका तीन गाउँले थकालीले नयाँ वर्ष ढुक्ल्हो मनाए
सुन्नुहोस्

जोमसोम : मुस्ताङको घरपझोङ-३ स्याङका तीन गाउँले थकालीले शुक्रबार थकालीहरूको नयाँ वर्ष ढुक्ल्हो अर्थात् ड्रागन वर्ष एक कार्यक्रम गरी मनाएका छन्। 

स्याङ गाउँ समाजको आयोजना तथा आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ नेपालको सहआयोजनामा मुस्ताङमा थकालीहरूको नयाँ वर्ष ढुक्ल्हो(ड्रागन) वर्ष विभिन्न कार्यक्रम गरी मनाइएको हो। योसँगै तीन गाउँले थकाली समुदायको ढुक्ल्हो (ड्रागन)वर्ष शुक्रबारदेखि आगमन भएको छ। 

नयाँ वर्षको आगमनसँगै मुस्ताङका तीन गाउँले थकालीले आपसमा खुसीयाली साटासाट गर्दै धर्म,संस्कृति र परम्परा लोप हुन नदिन विभिन्न अभ्यास गरेको बताइएको छ। उनीहरूले पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको थकाली भाषा, सभ्यता र मौलिक संस्कृतिलाई पर्वका अवसरमा अभ्यासका रुपमा उजागर गरेको गाउँ मुखिया आशबहादुर थकालीले बताए।

नयाँ वर्ष ढुक्ल्हो अर्थात् ड्रागन वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्याङ गाउँका तीन गाउँले पुरुष तथा महिला थकालीहरूले त्युङ्ला पर्वमा गाइने थकाली गीत, थकाली भाषा अनुवाद प्रतियोगिता, थकाली भेषभुषा प्रदर्शन तथा थकाली नृत्य, परम्परागत पुर्ख्यौली पेशा उन कात्ने, फालो पर्वमा देखाइने नाटक र परम्परागत  तारो हान्ने खेल आदि सञ्चालन भएको गाउँ मुखिया थकालीको जानकारी दिए।

बढ्दो आधुनिकता,बसाई सराई र विदेश पलालयन कारण भाषा साहित्य र संस्कृति लोपोन्मुख अवस्थामा रहेकाले पूरापूर्व कालदेखि संस्थागत रुपमा विकास भएको थकाली समुदायको पहिचान जोगाउन आवश्यक रहेको घरपझोङ-३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताए। 

मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गत ठिनी, स्याङ र चिमाङमा बसोबास गर्ने थकालीहरूलाई तीन गाउँले थकाली समुदायका रूपमा स्थापित गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.