प्रधानमन्त्री प्रचण्ड सोमबार अर्घाखाँची आउने

पर्यटन प्रवर्द्धन गर्न अर्घाखाँचीमा कार्यक्रम

प्रधानमन्त्री प्रचण्ड सोमबार अर्घाखाँची आउने
फाइल तस्बिर।
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीमा हुन थालेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न  प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार अर्घाखँची आउने भएका छन्।

अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम भन्ने मुल नाराका आयोजना हुन लागेको कार्यक्रमको शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन्।

जिल्लामा बढ्दै गएको बसाइसराई रोक्न र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रम आयोजना गरिएको हो। जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्ने कार्यक्रमको उद्देश्य रहेको छ। 

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य गन्तव्यसम्म पुर्‍याउने कार्यक्रमले सहयोग पुग्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

जिल्लामा रहेको सुपादेउराली मन्दिरमा आउने मासिक ३० हजारभन्दा अधिक पर्यटकलाई जिल्लाभित्रै रहेका अन्य स्थानमा पनि जानु पर्छ भन्ने जानकारी दिइने छ। पाकिस्तानबाट आएर पाणीनि ऋषिले तपस्या गरेको तथा व्याकरणको प्रतिपादन गरेको पाणिनि तपोभूमि, बाईसे–चौबिसे राज्यको अर्घा दरबार, एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मुर्ती, खाँची दरबार, जंगबहादुर राणा जन्मिएको लामपाटी पौवा, जंगबहादुरको न्वारन भएको स्थान बलकोट पौवा, मालारानी मन्दिरपरिसर यहाँका ऐतिहासिक क्षेत्र हुन्।

भूमिकास्थानको भुमे मन्दिर, सेङलेङ दह, सिद्धगुफा, मालारानी गाउँपालिकाको नृसिंह थान, जालकाँडा लेक, छत्रदेव गाउँपालिकाको छत्रेश्वर महाराजको मन्दिर, आकाशेदेवीको तेह्रतले मन्दिर, पाणीनि गाउँपालिकाको दुर्वासेश्वर गुफा, शीतगंगाको डम्मरु दह, पतञ्जलीको उत्पत्तिस्थल, जिल्लाको एक मात्र गोही पाइने स्थान बराह दह, सन्धिखर्क नगरपालिकाको रक गार्डेन, स्फटिक शिवलिंग रहेको सिद्धेश्वर शिवालय, मथुराको कृष्ण मन्दिरलगायत दर्जनौं क्षेत्रले यहाँको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन सक्छन्।
 
जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री (वृत्तचित्र), ब्रोसर, पहिचानसहितका टिसर्ट, टोपी, डटपेन, किचेनलगायतका सामग्रीसहित देशका प्रमुख सहर तथा छिमेकी मुलुक भारतका केही स्थानमा पुगेर व्यापक प्रचारप्रसार गरिने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.