शीतलहरमा स्वास्थ्य जोखिम

शीतलहरमा स्वास्थ्य जोखिम
फाइल तस्बिर।

वर्सेनिको नियति तराईमा बाक्लो हुस्सु र शीतलहर फेरि आइपुगेको छ। यससँगै विभिन्न तहका सरकारको कर्मकाण्ड सुरु भइरहेछ, उही दाउरा, कम्बल र खाद्यान्न बा“ड्ने। तथापि अचानक आइपर्ने विपद् र प्रभावितहरूको अवस्था ज्य“ूका त्य“ू छ। सरकारको तयारी देखावटी भएरै होला, जाडोले सबैलाई प्रभावित गरे पनि असर वर्गअनुसार फरक पर्छ। जोगिन कोही घुर त कोही गिजर र हिटर प्रयोग गर्छन्। खानपानमा कोही महँगो रक्सी र धूमपान त्यस्तै बिक्रेता पनि थरीथरीका र क्रेता पनि केही महलमा त कोही दानमा निर्भर। कमजोर तथा विपन्न परिवारमाथि शत्रुपक्षले जस्तो आक्रमण गर्छ, विपन्नको विपन्नता उजागर गर्छ। जति बढी गरिब, त्यति बढी असर।

चिसोजन्य स्वास्थ्यलगायत समष्टिगत समस्या र दुर्घटना लामो समयदेखि जाडो महिनामा दर्जनौं हरेक वर्ष घट्ने गर्छन्। अत्यधिक चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुर बढी प्रभावित हुन्छन्। चिसोले झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, रुघाखोकी, दम आदि हुनसक्छ। छालासम्बन्धी समस्या, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउ“जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ।

मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ चिसोले। शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि ल्याउँछ। जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग र योनिमा फोहोर जम्ने, कापमा संक्रमण हुने, योनिद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने अनि योनिरसको बहाव बढ्ने हुनसक्छ। जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगहरू बढी गम्भीर बन्छन्।

त्यस्तै, बन्दकोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातावरणमा भएको आद्रता घटाउने, श्वासनलीको भित्री भागमा हुने ‘म्युकस लेयर’लाई सुक्खा बनाउ“छ। लामो समय हिटर बाल्दा खकार सुक्खा बनाउने, नाक सुक्खा, बन्द, पिनासको समस्या पनि आउनसक्छ। म्युकस लेयर सुन्निँदा दम, ब्रोन्काइटिसका बिरामीका समस्या बढ्छन्। खकार सुक्खा भए शरीरभित्रै खकार टाँसिने र अक्सिजन नली बन्द हुने तथा निमोनियाको खतरा बढाउँछ।

कुनै पनि इन्धन प्राकृतिक ग्यास, पेट्रोल, तेल, मट्टीतेल, काठ वा कोइला डढाउ“दा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ। कार, पेट्रोल, डिजल, ग्यासबाट चल्ने इन्जिन, स्टोभ, हिटिङ सिस्टमलगायत उपकरणबाट सीओ ग्यास निस्कन्छ। त्यसैमा कोठामा चिम्नी वा भेन्टिलेसनको उचित व्यवस्था नहुँदा, रुम वा वाटर हिटर, कुकरजस्ता उपकरणको गलत तरिकाले फिट गर्दा यो समस्या हुन्छ। कार्बन मोनोअक्साइड रंगहीन, गन्धहीन त्यस्तो विषालु ग्यास हो, जसलाई न देख्न सकिन्छ न त चाख्न सकिन्छ। सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुका पुराना रोगी, साससम्बन्धी बिरामी, रगतको कमी भएका, गर्भावस्था, गर्भका शिशु र वृद्ध पर्छन्।

सीओ सासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ र शरीरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउ“छ। यो प्रक्रियाले शरीरलाई हानिनोक्सानी मात्र पुर्‍याउँदैन, मृत्युसमेत हुनसक्छ। निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिँगटा, थकान, वाकवाकी, चिटचिट हुने जस्ता समस्या देखिन सक्छ। निर्णय क्षमता, स्मरण शक्ति र अंगमा समेत तालमेल कमी हुन्छ। स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ। प्रारम्भिक लक्षणहरूमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहीं बिना कुनै लक्षण बेहोस हुन सक्छन्।

कोठामा भेन्टिलेसन : सहरी क्षेत्रमा करोडौं खर्चेर बनाइएका अधिकांश पक्की घरमा देख्दा सानो लाग्ने भेन्टिलेसन नभएका संरचनागत त्रुटिले ठुला मानवीय क्षति भइरहेको छ। यस्ता घटना सहरी क्षेत्रमै बढी हुने गरेका छन्। भेन्टिलेसन भएका कोठा भए आगो बालेपछि तातो र सुरक्षाका लागि झ्यालढोका बन्द गरे पनि निस्सासिएर ज्यान जाने खतरा कम रहन्छ। पहिला घर निर्माण गर्दा झ्यालढोका मात्रै होइन, छानाको ठीक तल पिजन होल चारैतर्फ टुँडाल राखिएका हुन्थे। जसबाट हावा सजिलै वारपार हुन्थ्यो।

रोकथाम : धुवाँधूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने गर्नु उचित हुन्छ। भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्छ। यसका अतिरिक्त धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन अनिवार्य मास्क लगाउनु पर्छ। जाडोबाट बच्न पूरै झ्यालढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल तथा ग्यासयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन आगोले लिई कार्बन मोनोअक्साइडजस्ता विषालु ग्या“स बढी हु“दै गई अचेत बनाई थाहै नपाई मृत्युसमेत हुने खतरा बढ्छ।

अन्तमा, केही हप्तादेखि तराई मधेसमा घाम लागेको छैन, पानीजस्तै शीतलहर छ। बाक्लो हुस्सु र चिसो हावाले मुटु नै हल्लाइरहेको छ। एक जोर न्यानो लुगा नभएर तथा नपाएर गरिब, विपन्न, असहायहरू पराल बालेर तथा ओढेर बा“चिरहेका छन्। ढुंगेयुगको झल्को दिने दयनीय जीवन छ। जिम्मेवारी र कर्तव्यबोध नभएका कारण पर्याप्त बजेट, साधनस्रोत भए पनि स्थानीय र प्रदेश सरकार केन्द्र सरकारकै मुख ताकिरहेका छन्। निर्वाचनका बेला गा“स, बास र कपासको नारा दिएर भोट बटुल्ने सबै तहका नेता पनि पीडाप्रति बेखबर छन्। लक्षित कार्यक्रम बग्रेल्ती भए पनि कागजमै सीमित छन्।

बुढाथोकी, नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.