झापाको माइ मेलामा भक्तजनको घुइँचो

झापाको माइ मेलामा भक्तजनको घुइँचो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा  : झापाको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा लागेको माइ मेलामा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन कनकाई नदी किनारमा भव्य मेला लाग्ने गरेको छ ।  

धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरूले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ । 

त्यसैले नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको भक्तजनहरू बताउँछन् । सोमबार बिहानैदेखि कनकाई नदी किनारमा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा नदीको दुवै किनारमा भव्य मेला लगाइएको छ । 

null

कनकाई पुल पूर्वपट्टि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई पुल पश्चिमपट्टि शिवसताक्षी नगर प्रमुख मेघा हाङ थोप्राले मेलाको उद्घाटन गरेका थिए ।  मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेक डान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्य लगायत विविध कार्यक्रम आयोजना गरिएको छ । 

माई मेलामा २ लाख बढी तीर्थयात्री मकर स्नान गर्न आउन सक्ने अनुमान गरिएको आयोजक समितिले जनाएको छ । स्नान गर्न आउने भक्तजनहरूका लागि आयोजक समितिले आगो ताप्ने व्यवस्थापन मिलाएको स्थानीय पत्रकार समीर आलमले जानकारी दिए । उनका अनुसार व्यवस्थापन पहिलाका वर्षभन्दा राम्रो गरिएको छ । 

nullआयोजक समितिले चार सय बढी स्वयंसेवक परिचालन गरिएको उनले बताए । मेलाका कारण पूर्व पश्चिम राजमार्ग अन्तरगतको कनकाई नदीको पुलमा भीडभाड नियन्त्रणका लागि नदीमै आयोजक समितिले काठको अस्थायी पुल निर्माण गरेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।

बिर्तामोड र दमकमा कार्यरत दुई जना डीएसपीको नेतृत्वमा दुई सय बढी सुरक्षाकर्मी खटाइएको प्रहरी निरीक्षक गिरीले बताए । अहिलेसम्म मेलामा कुनै अप्रिय घटना भएको बताउँदै उनले भने, ‘कुनै पनि आपराधिक घटना हुन नदिन मेलामा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।’ 

माई मेलामा झापासहित मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरू आउने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.