अनुदानको उपकरण लिन किसानको भीड

अनुदानको उपकरण लिन किसानको भीड
सांकेतिक तस्बिर।
सुन्नुहोस्

परासी : कृषि उपकरण पाउन सहज भएपछि कृषि ज्ञान केन्द्र नवलपरासीमा किसानको भीड बढेको छ। ज्ञान केन्द्रले अनुदानमा उपकरण वितरण गर्न किसानसँग निवेदन मागेको हो।  विगतका वर्षमा फर्म र समूह दर्ता गरेर आएकालाई मात्र उपकरण दिँदै आइएको थियो।

यस वर्षदेखि ज्ञान केन्द्रले फर्म र समूह दर्ताबाहेक पनि सोझै व्यक्तिले निवदेन दिएपछि उपकरण दिने व्यवस्था गरेपछि किसानको भीड बढेको हो। साना सिँचाइ कार्यक्रममार्फत अनुदानमा उपकरण वितरणका लागि लुम्बिनी प्रदेश सरकारले ७० लाख रुपैयाँ पठाएको केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले जानकारी दिए। कार्यक्रमअन्तर्गत किसानलाई सोलार, पम्पसेट, बोरिङ, मोटर, डेलिभरी पाइपलगायतका कृषि उपकरण वितरण गरिनेछ। जसमा बोरिङलगायतका भौतिक निर्माणमा ७५ र ५० प्रतिशत अनुदानमा उपकरण उपलब्ध गराइनेछ। 

 ‘विगतमा उपकरण लिन समूह र फर्म दर्तादेखि पान नम्बर र भ्याट नम्बर चाहिने भएकाले झन्झट मानेर किसान कम आउने गरेका थिए, अहिले कार्यालयले सोझै किसानलाई उपलब्ध गराउने भएपछि भीड बढेको छ,’ चौबेले भने। समूह र फर्मबाट उपकरण वितरण गर्दा वास्तविक किसानभन्दा पनि सीमित व्यक्तिले पाएका कारण अहिले सोझै किसानलाई वितरण गर्न लागिएको उनले सुनाए। निवेदन संकलनपछि छनोटमा परेका किसानलाई उपकरण वितरण गरिनेछ। पहिला अनुदानमा उपकरण लगेका समूह, फर्म र किसानलाई भने अहिले उपकरण उपलब्ध गराइने छैन। 

पाल्हीनन्दन गाउँपालिका–४ बाट आएका हरिपाल यादवले पहिलो पटक उपकरणका लागि ज्ञान केन्द्र आएको बताए। ‘पहिला उपकरण लिन धेरै कागज मागिन्थ्यो। अहिले सीधै किसानलाई दिने भएकाले मोटर र बोरिङ आवश्यक भएकाले निवेदन दिन आएका हुँ,’ यादवले भने। उपकरण लिनका लागि चार सयको हाराहारीमा निवेदन परेका छन्। जसमा सबैभन्दा बढी पहिलो पटक उपकरण लिन आएका किसान रहेको ज्ञान केन्द्रले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.