बाँतर समुदायको मेची-महाकाली अभियान

बाँतर समुदायको मेची-महाकाली अभियान
तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटनगर : तराई मधेशमा बसोवास गर्दै आएको अल्पसंख्यक दलित बाँतर सरदार समुदायले मेची- महाकाली अभियान सञ्चालन गरेको छ ।  माघे संक्रान्तिको अवसर पारेर झापाको मेची नगरपालिका -७ स्थित आफ्ना कूल देवता गेड् बावाको पूजा गरी मेची- महाकाली अभियान सञ्चालन गरेको हो।

परम्परागत रुपमा पटेरको गुन्द्री र डोरी बनाउँदै कृर्षि पेशा आत्मसाथ गर्दै आएका सरदार बाँतर समुदायका अगुवाहरुले सरदार  बाँतर संघर्ष समिति गठन गरेर अभियान सञ्चालन गरेको हो । मुलुकभर छरिएर बसेका सरदार बाँतर समुदायका युवा पुस्ता आफ्नो धर्म संस्कार र पहिचानको जर्गेना गर्न शिक्षाको मुलधारमा ल्याउनुपर्ने र राज्यको हरेक निकायमा प्रवेश सहज गराउन अभियान सञ्चालन गरेको संघर्ष समितिका अध्यक्ष राम कुमार सरदारले जानकारी दिए । उनले भने,'युवा पुस्तालाई आफ्ना संस्कृतिको जर्गेना गराउन अभियानले मद्दत पुग्ने छ ।'

अल्पसंख्यक दलित बाँतर समुदायलाई शिक्षाको मुलधारमा ल्याउने कामको सुरवात भएको महासचिव  किशोर कुमार सरदारले बताए । उनले भने,'समुदायको संस्कृति तब मात्र दिगो रहन सक्छ,जब त्यो समुदाय शिक्षा, स्वास्थ्य र आर्थिक रूपमा पनि सबल हुन्छ ।  '

उनले  बाँतर संस्कृतिलाई समृद्ध बनाउन बाँतर  लिपि,नाचगान,बाजा,खानपान आदिलाई अब पर्यटन व्यवसायसँग जोड्नुपर्ने आवश्यक रहेको बताए ।  सरदार बाँतर  संघर्ष समिति नेपालले  स्थापनाकालदेखि नै समाजमा आपसी भाइचारा भावनाको विकास गर्दै  बाँतर संस्कृतिको जगेर्ना र संरक्षण गर्न बाँतर जनसमुदायलाई एकतावद्ध गर्दै राजनीतिक, शिक्षा, स्वास्थ्य,आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गर्दे आएको छ ।   

बाँतर सरदार समुदायलले आ–आफ्नो गाउँ टोलमा समूहसमूह कूलदेवताको पूजापाठ गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।  बाँतर सारदार समुदायहरुले आफ्नो धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले तिल, च्यूरा, भूजाको लड्डु, पानफूल, सूपाडी, तुलसीको पात,लगायत सामग्रीले सामूहिक पूजापाठ गरी कुलदेवतालाई बली दिएर माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।

माघेसंक्रान्तिका दिन बाँतर सरदार समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउँका पैरजनहरु मिलेर गेंड सिंहलाई सामुहिक पूजा–आजागरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ । सदियौंदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितिरिवाज अनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार (मुखिया) को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा सुनिता सरदारले बताइन् ।

कोशी प्रदेशको मोरङ्ग, सुनसरी र झापासहित मधेश प्रदेशको सप्तरी सिरह र धनुषामा उल्लेख्नीय संख्यामा रहेका सो समुदाय मेचीदेखि महाकालीसम्म फैलिएर बसोबास गर्दै आएका छन् । उनीहरूले जनसख्याको अधारमा राज्यको हरेक निकायमा विशेष आरक्षणसहित  पहुँचको नीति बनाउन राज्यलाई दबाब समेत दिने बताएका छन् ।         

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.