‘वीरगन्जको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गरिदिनुस्’

‘वीरगन्जको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गरिदिनुस्’
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई भेटेर वीरगन्जमा रहेको ऐतिहासिक पशुपतिनाथ मन्दिर र पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।

मन्त्रालय मै मंगलबार अर्थमन्त्री महतलाई ज्ञापनपत्र समेत बुझाँउदै मेयरले धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्ने काम महानगरले सुरु गरिसकेको र त्यसमा संघीय सरकारको पनि सहयोग आवश्यक रहेको बताएका हुन् । 

उनले सरकारको आगामी नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरिदिन उनले अनुरोध गरे। मेयर सिंहले वीरगन्ज चिनी कारखानाको जग्गा संरक्षणका लागि पनि सहयोग गर्न आग्रह गरे। मन्त्री महतलाई बुझाइएको ज्ञापनपत्रमा तीन दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना परिसरमा रहेका मन्दिर र पोखरीसहितका संरचना र खाली जग्गा अतिक्रमणबाट जोगाउनले उद्देश्यले महानगर लागि परेको मेयर सिंहले प्रष्ट पारे।

चिनी मिलपरिसरमा रहेको मन्दिर र पोखरीसंगै जोडिएको उत्तरतर्फको खाली जग्गा अतिक्रमणको चपेटामा परेकाले उक्त जग्गालाई अतिक्रमणमुक्त बनाउनका लागि मन्दिर र पोखरी भएको स्थानमा धार्मिक गतिविधि गर्न पाउने गरि महानगरलाई आवश्यक अनुमति प्रदान गरिदिन पनि मेयर सिंहले ज्ञापनपत्रमार्फत अनुरोध गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले चिनी कारखानाको जग्गा, चिनी कारखाना परिसरमा रहेका मन्दिर, पोखरी लगायतका संरचनाको संरक्षण र सौन्दर्यकरणका लागि महानगरले थालेको प्रयास सराहनीय रहेको भन्दै यसमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको भेटमा सहभागी महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मात्रिका प्रसाद भट्टराईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.