प्रक्रिया पुर्‍याएर ल्याइएका माछा बिक्रीमा रोक लगाउनु हुँदैन : व्यवसायी

प्रक्रिया पुर्‍याएर ल्याइएका माछा बिक्रीमा रोक लगाउनु हुँदैन : व्यवसायी
माछा बेच्दै एक व्यापारी । तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटनगर : प्रक्रिया पुर्‍याएर भारतबाट ल्याइएका माछा बिक्रीमा रोक नलगाउन माछा व्यवसायीहरूले आग्रह गरेका छन् । नेपाल सरकारले तोकेको मापढण्ड पुर्‍याएर भारतबाट ल्याएका माछा बिक्री वितरणमा अवरोध नगर्न माछा व्यवसायीले आग्रह गरेका हुन् ।

विराटनगरमा भेला भएका व्यवसायीहरूले पश्चिम बंगाल दालखोलाबाट भारतको जोगवनीहुँदै विराटनगर भन्सार कार्यालय रानीमा विषादी परीक्षण र भेटनरी क्वारिटाइन गराइ राजश्व तिरेर ल्याएको माछा बिक्री वितरणमा अवरोध गर्नु गलत भएको बताएका छन्।

पछिल्लो समय दमक नगरपालिका र विर्तामोड नगरपालिकाले बिक्रीमा राखिएका माछा भारतीय माछाभन्दै बजारबाट उठाउँदै गरेको उनीहरूको आरोप छ। विराटनगरबाट धरान ,हिले , बसन्तपुर ,भोजपुर ,दमक , विर्तामोड,पथरी उर्लावारीलगायतका पूर्वका बजारमा माछा जाने गरेको छ । 

दैनिक दुई हजारदेखि २३ सय किलोको हाराहरीमा विराटनगरमा माछा अन्य बजारमा थोकमा विक्री हुनेगर्छ। श्रीराम फिस सप्लार्यसका बैजनाथ सहनीले सबै रित पुर्‍याएर ल्याएको माछा बिक्री वितरणमा अवरोध गर्नु गलत मनसाय भएको बताए।

भारतबाट अवैधरुपमा छ्यापछ्याप्ति माछा आइरहेका बेला सबै प्रक्रिया पुर्‍याएर पनि व्यापार गर्न नपाउनु बिडम्बना भएको उनको भनाइ छ। उनले बिल बेगर वा खानयोग्य नभएको पाए तत्काल कारवाही गर्नुपर्ने  र नभए व्यापार गर्न दिनुपर्ने बताए।

उनले बजार अनुगमन गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराए। अर्का व्यवसायी नेपाल फिस सेन्टरका प्रवेश मियाले पछिल्लो समय हुने गरेको रोकतोकका कारण आफूहरु व्यवसायीबाट हतोत्साहित भएको बताए। । आर्थिक बन्दीको बेला दैनिक प्रतिक्रिलो २ सय ८० रुपैयाँ २६ पैसा भन्सार तिरेर सबै चेक जाँच गराएर माछा ल्याइ व्यापार गरिरहेका बेला व्यवसायी नै बन्द गर्नुपर्ने स्थिति आएको उनको भनाइ  छ।

विराटनगरका माछा संघका अध्यक्ष मालबावु सहनीले नेपाल सरकारलाई लाखौं राजश्व तिरेर ल्याएको माछा बिक्री वितरणमा रोक लगाउनु गलत भएको बताए ।  उनले खान अयोग्य छ भने रोक्नु मात्रै होइन तत्काल व्यापारीलाई कारवाही गर्नुपर्ने बताए। उनले भने,'नियम वा रित पुर्‍याएर ल्याएको माछा बिक्री वितरणमा अवरोध गर्नु अन्याय नै हो । या त नेपाल सरकारले प्रष्टरुपमा आयातमा प्रतिबन्ध लगाउनुपर्छ नभए आयातित माछा बिक्रीमा झमेला गर्नु हुँदैन ।'

विराटनगरमा भारतबाट रेहु ,पनास  र रुपचन माछा आयात हुने गरेको विराटनगर भन्सार कार्यालयले  जनाएको छ । उता विराटनगर भन्सार कार्यालयका प्रवक्ता अंकित शर्माले  कानुनी प्रक्रिया पुर्‍याएर ल्याएको माछा रोक्न नहुने बताए । उनले भने ,'यदि बाटोमा माछा बिग्रियो भने नियन्त्रणमा लिएर नष्ट गर्नुपर्ने हुन्छ । नत्र व्यापार गर्न दिनुपर्छ।' 

उता दमक नगरपालिका प्रमुख राम कुमार थापाले भन्सार नतिरेको  र क्वारेन्टाइन नगरेको भारतीय माछा बिक्री वितरणमा रोक लगाएको बताए । भन्सार तिरेर मात्रै हुँदैन उनले भने,' ब्वारेन्टाइनसहित खानेयोग्य माछालाई रोकिने छैन । '

पछिल्लो समय सुनसरी ,मोरङ र झापामा खुल्ला सिमाका कारण भारतबाट माछाको तस्करी बढेसँगै  व्यवसाय नै चौपट भएको माछा व्यवसायी बताउँछन्।  सरकारले  माछा आयतमा अन्तःशुल्क १० प्रतिशत तोकेपछि तस्करी बढेर गएको व्यवसायीहरूको आरोप छ ।  अहिले विराटनर प्रक्रिया पुर्‍याएर हप्ताको दुई टन माछा मात्र आउने गरेको बताइएको छ । 

माछा व्यवसायीहरूले भने विराटनगर बजारमा ५ टनको हराहरीमा माछाको खपत भइरहेको दावी गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.