एनआरएनएले दियो सुनसरी रेडक्रसलाई 'मोबाइल ब्लड संकलन बस'

एनआरएनएले दियो सुनसरी रेडक्रसलाई 'मोबाइल ब्लड संकलन बस'
गैर आवासीय नेपाली महासंघका अध्यक्ष बद्री केसी कोसी प्रदेशका मुख्यमन्त्रीलाई मोबाइल ब्लड संकलन बसको चाबी हस्तान्तरण गर्दै । तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

धरान : गैर आवासीय नेपाली महासंघ (एनआएनए) ले सुनसरी रेडक्रसलाई 'मोबाइल ब्लड संकलन बस' उपलब्ध गराएको छ । महासंघले बुधबार धरानमा एक कार्यक्रमको आयोजना गरी उक्त बस कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमार्फत सुनसरी रेडक्रसलाई हस्तान्तरण गरेको हो। 

बिरामीको उपचारलाई सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनएले सातवटै प्रदेशमा एक/एक वटा ब्लड संकलनका लागि बस वितरण गर्ने महासंघका अध्यक्ष बद्री केसीले बताए । उनले लाखौं नेपालीहरु वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकमा बसोबास गर्दे आएको भएपनि नेपालको विकास र समृद्धिका लागि आफूहरुले सहयोगका लागि हातेमालो गर्दै आएको बताए । 

महासंघका महासचिव डा. हेमराज शर्माले यस अगाडि बागमती र सुदूरपश्चिम प्रदेशलाई एक/एक थान मोबाइल ब्लड संकलन बस उपलब्ध गराइएको बताए । मख्यमन्त्री केदार कार्कीले एनआरएनएका पदाधिकारीहरुलाई कोशी प्रदेशको विकास र समृद्धिका लागि हात्तेमालो गरी अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले  मोबाइल ब्लड संकलन बसले कोशी प्रदेशमा जनताको उपचारलाई सहज पुर्‍याउने विश्वास व्यक्त गरे । सुनसरी रेडक्रसले कोशीका विभिन्न जिल्लामा गएर रगत संकलन गर्दै आएको छ ।  एनआरएनएले  उपलब्ध गराएको बस भित्र रक्तदान गर्न सकिने रेडक्रस सुनसरीका सभापती उमेश थापाले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.