हिउँ पर्यो फुरुरु (फोटोफिचर)
काठमाडौं : संखुवासभा जिल्ला र आसपासका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। केहि दिन अगाडिदेखि हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित बनेको हो।
यो वर्षको जाडो सकिनै लाग्दा संखुवासभाका अग्ला डाँडाकाँडा र लेकाली क्षेत्र हिउँले सेताम्ये भएका छन्।
लेकाली क्षेत्रमा घरको छानादेखि सडक, वनजंगल हिउँले ढाकेर सेताम्यै बनेका छन्। हिउँ पग्लन थालेपछि अत्यधिक चिसो बढेको स्थानीयले बताएका छन्।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारबाट पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
तस्बिरमा हेर्नुहोस् भोटखोला गाउँपालिकाको च्यामताङ लगायतको क्षेत्रमा परेको हिमपात :
तस्बिर सौजन्य : श्रीकृष्ण खड्का