राममन्दिर उद्घाटनको खुशीयालीमा वीरगन्ज बन्यो ‘श्रीराममय’

राममन्दिर उद्घाटनको खुशीयालीमा वीरगन्ज बन्यो ‘श्रीराममय’
भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको उद्घाटनको खुशीयाली मनाउन वीरगन्जमा गरिएका तयारी । तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : भारतको अयोध्यामा करिब पाँच सय वर्षपछि नवनिर्मित श्रीराम मन्दिरको सोमबार हुने उद्घाटनको खुशीयाली मनाउन गरिएको तयारीले वीरगन्जपनि भगवान ‘श्रीराममय’ बनेको छ । अयोध्याको नवनिर्मित श्रीराम मन्दिरको सोमबार उद्घाटनसँगै भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा पनि हुन गइरहेका छ ।

त्यसैलाई लक्षित गरी वीरगन्ज महानगरमा रहेका हरेक मठमन्दिरलाई सजाएर आकर्षक पारिएको छ। मुख्य बजार क्षेत्रका सडककासाथै घरघरमा ‘जय श्रीराम’ लेखिएको भगवा रंगको झण्डा र ध्वजापतका झुण्ड्याइएको छ ।यस्तै बजार क्षेत्रका मुख्य मुख्य चोकमा भगवान श्रीरामको तस्बिरसहितका ठूलाठूला ब्यानर राखिनुका साथै पर्खालहरुमा श्रीराम कथा वर्णनका चित्रहरु पनि कोरिएको छ । 

महानगरका हरेक घरघरमा सोमबार साँझ दीयो बालेर दीपावली पनि मनाउने तयारीमा महानगरबासी स्वस्फूर्त रुपमा जुटेका छन् । 

null

वीरगन्जको मुख्य धार्मिकस्थल,प्रसीद्ध शक्तिपिठ माईस्थानको गहवामाई मन्दिर प्राङगणमा सोमबार साँझ १ लाख २५ हजार वटा दीयो बालेर भव्य दीप प्रज्वलन कार्यक्रम पनि राखिएको कार्यक्रमका संयोजक सन्जय सर्राफले जानकारी दिए । दीप प्रज्वलनसँगै महाआरती र हनुमान आरधानाको कार्यक्रम पनि गरिने उनले बताए । 

यस्तै झण्डै पाँच दशक पुरानो वीरगन्जकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उद्घाटनको अवसर पारेर सोमबार भगवान राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिदैंछ । त्यसका लागि महानगरपालिकाको आयोजनामा भव्य तयारी गरिएको छ । 

झण्डै तीन दशकदेखि नीजि व्याक्तिको कब्जामा रहेको उक्त श्रीरामजानकी मन्दिरलाई महानगरपालिकाले हालै अतिक्रमणमुक्त गरी सौन्दर्यकरण गरेको छ । सोमबार नै उक्त मन्दिरमा भगवान राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गर्न लागेको हो । 

null

अयोध्यामा श्रीराम मन्दिरको उद्घाटनकै दिनको अवसर पारेर श्रीरामजानकी मन्दिरमा भगवान राम,सीता र हनुमानको मुर्तिको प्राण प्रतिष्ठा गर्न लागिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए ।उनका अनुसार,प्राण प्रतिष्ठाको दिन सोमबार बिहान ८ बजे भव्य कलश यात्रा निकालिने ,दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पूजन विधि हुने, सवा लाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर प्रसाद वितरण गर्ने कार्यक्रमपनि रहेको उनले बताए। 

श्रीरामजानकी मन्दिरमा सोमबार हुने भगवान राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठामा सहभागी हुन महानगरबासीलाई मेयर सिंहको तर्फबाट सार्वजनिक आह्वान समेत गरिएको छ । 

null

अयोध्याको राम मन्दिर उद्घाटनकै खुशीयाली मनाउन वीरगन्जमा विश्व हिन्दु परिषदले पनि भव्य तयारी गरेको छ । परिषदका पर्सा सचिव विक्की सर्राफका अनुसार, अयोध्याको राम मन्दिर उद्घाटनको दिन सोमबार वीरगन्जमा भव्य मोटरसाइकल र्‍यालीका साथै भव्य झाँकी प्रदर्शन गरिनेछ ।सोमबार बिहान मोटरसाइकल  र्‍यालीसँगै सातवटा ट्रकमा स्टेज बनाएर भगवान श्रीरामको जन्मदेखि वनबासपछि अयोध्या फिर्तीसम्मको कथा वर्णनको झाँकी  प्रदर्शन गर्दै नगर परिक्रमा गरिने सर्राफले बताए ।

यसका साथै सोमबार साँझ घरघरमा दीप प्रज्वलन गरी दीपावली मनाउन सार्वजनिक आह्वानपनि गरिएको जानकारी सर्राफले जानकारी गराए । 

null

संघका सचिव सर्राफले भने,‘भगवान राम कुनै यो वा त्यो देशका होइनन् । उनी विश्वभरका हिन्दुका साझा भगवान हुन् । त्यसमापनि झण्डै पाँचसय वर्षदेखि पालभित्र बसिरहेका रामलल्ला सोमबार आफनै घरमा फर्किदैछन् । हिन्दुहरुलाई यो भन्दा ठूलो खुशी अरु के नै हुन सक्छ र ? त्यहि खुशीयाली मनाउन वीरगन्जमापनि भव्य तयारी गरिएको हो ।’

null

राम मन्दिरको उद्घाटन र प्राण प्रतिष्ठाका दिन सोमबार वीरगन्ज महानगरसहित जिल्लाका विभिन्न्न पालिकाहरुमा माछा,मासु र मदिराको बिक्रिवितरण र सेवन निषेध गरिएको छ । पर्साको वीरगन्ज महानगरपालिका,बहुदरमाई नगरपालिका, जगरनाथपुर ,धोबिनी,कालिकामाई ,पटेर्वासुगौली लगायतका गाँउपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सोमबार माछा,मासु र मदिराको बिक्री वितरण र सेवन नगर्न निर्देशन दिएका छन् ।   

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.