प्रचण्डले भने : एमालेको ध्यानाकर्षणले नीति, कार्यक्रम र बजेट निर्माणमा योगदान पुग्छ, गम्भीर छु

प्रचण्डले भने : एमालेको ध्यानाकर्षणले नीति, कार्यक्रम र बजेट निर्माणमा योगदान पुग्छ, गम्भीर छु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। मंगलबार बिहान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटारमा पुगेर मध्यपहाडका स्थानीय बासिन्दाले राखेका समस्यालाई लिखित रुपमा दिएको पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकार गम्भीर रूपमा लिने बताएका हुन्। 

null

उनले एमालेको ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए। प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे। उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म विज्ञ समूहसहित सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो। ध्यानाकर्षणपत्र बुझाउँदै अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताए। उनले ध्यानाकर्षणपत्रमा उल्लेख भएका विषय सम्बोधन गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरे। 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.