संकल्प यात्रामा एमालेले देखेका मध्यपहाडका समस्या प्रधानमन्त्रीसमक्ष पेश

संकल्प यात्रामा एमालेले देखेका मध्यपहाडका समस्या प्रधानमन्त्रीसमक्ष पेश
प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले अध्यक्ष केपीशर्मा ओली

काठमाडौं : नेकपा एमालेले ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा देखेका समस्यालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेश गरेको छ। मंगलबार बिहान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटारमा पुगेर समृद्धिका लागि संकल्प यात्रामा मध्यपहाडका  स्थानीय बासिन्दाले राखेका समस्यालाई लिखित रुपमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको हो।  

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन एमालेका  पदाधिकारीसहित शीर्ष नेताहरु पुगेका थिए। ध्यानाकर्षण पत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकांक्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

null

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको छ। एमालेले मध्यपहाडमा पर्यटन,विकास पूर्वाधार, फलफूल खेतीलगायतका सम्भावना देखेको छ।

यात्राका क्रममा विभिन्न शिर्षकमा मध्यपहाडका जिल्लाका पार्टी कमिटी, स्थानीय तह, समुदाय, उद्योगी व्यावसायीले एमालेसँग त्यस क्षेत्रको विकास र समस्याका विषयलाई राखेका छन् ।  एमालेले मध्यपहाडी लोकमार्गसहित ६ राजमार्गको पनि अध्ययन गरेको थियो। तमोर कोरिडोर(चतारा–मूलघाट–सुभांगखोला–गणेशचोक) राजमार्ग, चतरा–लेगुवा(कोशी कोरिडोर) राजमार्ग, मदनभण्डारी राजमार्ग, कान्ति राजमार्ग, हुलाकी राजमार्ग पनि मध्यपहाडी लोकमार्गसँग जोडिएका छन्।

संकलन गरिएका समस्यालाई वर्गीकरण गरेर एमालेले प्रधानमन्त्रीलाई बुझाएको हो। एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो।

यात्रामा भेटिएका पर्यटन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक तथा आर्थिक विकासका लगायतका समस्यालाई प्राथमिकिकरण गरेर बुझाएको छ। एमालेले समस्या समाधान गर्न पहल गर्नुका साथी भावी कार्ययोजना योजनासमेत बनाएर अगाडि बढ्ने भएको छ।

सरकारविरूद्ध आन्दोलनको तयारी

प्रमुख प्रतिपक्षी दल एमालेले माघ अन्तिम सातादेखि वर्तमान गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ। च्यासलमा भएको खेलकुद महासंघको कार्यक्रममा एमालेका अध्यक्ष ओलीले गठबन्धन सरकार भत्काउने संकेत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार नै भ्रष्टचारी र कमिसनखोरीको संरक्षक बनेको आरोप लगाए।‘यिनीहरू सबैको घाँटी एकैठाउँमा जोडिएको छ। घाँटीमात्र होइन, सिंगै शरीर जोडिएको छ। यी भ्रष्टाचारी र कमिसनतन्त्रीय बंशका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो,’उनले भने।

गठबन्धन सरकार देशका लागि हानिकारक भएको बताउँदै उनले मिसन ८४ अघि नै गठबन्धन भत्काउने अवस्था आउनसक्ने बताए। ‘गठबन्धन देशका लागि एकदमै हानिकारक छ। यसले देशलाई बर्बाद पारिसक्यो। कमजोर बनाइसक्यो। देशका स्रोतहरू बेचिसक्यो। हाम्रो स्वाभिमानलाई धुजा-धुजा बनाइसक्यो,’उनले भने, ‘यस्तो अवस्थामा मिसन ८४ पर्खिने अवस्था नआउन सक्छ। देश बर्बाद हुन लागेपछि त हामीले कहाँ मिसन ८४ पर्खिन्छौं। गठबन्धन भत्काएर अघि बढ्नेछौं।’

मध्यपहाडीसँग जोडिने जिल्ला :

पूर्वको पाँचथर जिल्लाको चिवाभन्ज्याङदेखि पश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म यो सडक निर्माण हुनेछ। पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपालचोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, पूर्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडी जिल्लाहरू जोडिने। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.