नयाँ सहकार्यको स्थिति बनेमा एमाले नै नेकपाको पहिलो प्राथमिकता : लेखनाथ दाहाल

नयाँ सहकार्यको स्थिति बनेमा एमाले नै नेकपाको पहिलो प्राथमिकता : लेखनाथ दाहाल
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भए मात्रै नेकपा सरकारमा सहभागी हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता दाहालले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भएमा वा आफ्नो उपस्थिति बिना सरकार नै नबन्ने परिस्थिति बनेमा मात्र सरकारमा सहभागी हुने नीति रहेको बताएका हुन् ।

उनले  हालको गठबन्धन बन्नु वा भत्किनुमा आफ्नो कुनै भूमिका नरहेको र दुई दलको आन्तरिक कारणले भइरहेको उल्लेख गरे । कांग्रेस र एमाले मिलेर नै बाँकी कार्यकाल प्रदेश सरकार सञ्चालन गरोस् भन्ने नेकपाको मान्यता रहेको उनको भनाइ छ । उनले नयाँ सहकार्यको स्थिति बनेमा कांग्रेस र एमालेमध्ये एमाले नै पहिलो प्राथमिकता रहने स्पष्ट पारे । 

कार्यक्रममा नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा देखिएका हालका समस्याहरू कांग्रेसभित्रको आन्तरिक विवाद र किचलोका कारण सिर्जना भएको आरोप लगाए । अहिलेको मुख्य प्राथमिकता वर्तमान सरकारलाई नै जोगाउनु र निरन्तरता दिनु रहेको भन्दै उनले प्रदेशको सरकार जोगिन नसके एमाले निरन्तर सरकारमा नरहने स्पष्ट पारे । उनले प्रदेश सरकारमा देखिएको समस्या सहमतिबाट छिट्टै समाधान हुने अपेक्षा गरे ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.