शीतलहर र हुस्सुले सुनसरीको जनजीवन प्रभावित

शीतलहर र हुस्सुले सुनसरीको जनजीवन प्रभावित
जाडो बढेपछि धरानको शहिद स्मृति माविका विद्यार्थी आगो बालेर ताप्दै। तस्बिर : रत्नप्रसाद आचार्य।
सुन्नुहोस्

धरान : शीतलहर र बाक्लो हुस्सुका कारण सुनसरीको जनजीवन प्रभावित भनेको छ। बाक्लो हुस्सु सँगै परेको शीतलहरका कारण जाडो बढेपछि दैनिक जनजीवन प्रभावित बनेको हो। 

जाडो बढेपछि वृद्ध बृद्धा र बालबालिकाहरु समस्यामा परेका छन्। जाडोका कारण बालबालिकाहरुमा ज्वरो आउने, बान्ता आउने र रुखाखोकीको समस्या आउन थालेको विजयपुर अस्पताल धरानका बालरोग विशेषज्ञ डा. प्रल्हाद न्यौपानेले बताए। 

null

बाक्लो हुस्सुका कारण यातायातका साधन सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको धरान- काठमाडौं न्यु कोशी बसका संचालक दिनेश कोइरालाले बताए। उनले बाक्लो हुस्सुका कारण हप्ता दिनदेखि तराई सुनसरी, सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्ला हुँदै काठमाडौं-धरान यातायातका साधन सञ्चालनमा समस्या भएको बताए।

 null

जाडोका कारण विद्यालय र कलेज जाने विद्यार्थीहरु समेत प्रभावित भएका छन्। जाडोका कारण विद्यालयमा आगो बालेर ताप्नु परेको सहिद स्मृति माविका विद्यार्थी प्रज्वल गिरीले बताए। जाडोका कारण सुनसरीको धरान, इटहरी, इनरुवा, दुहबी, झुम्का, भाण्टाबारी लगायतका स्थानको जनजीवन प्रभावित बनेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.