राष्ट्रिय सभा निर्वाचन : मधेशमा शान्तिपूर्वक मतदान

राष्ट्रिय सभा निर्वाचन : मधेशमा शान्तिपूर्वक मतदान
राष्ट्रिय सभा निर्वाचनमा मतदात गर्दै जनप्रतिनिधीहरु । तस्बिर :मनिका झा
सुन्नुहोस्

जनकपुरधाम : राष्ट्रिय सभाको निर्वाचन मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्तिपूर्ण रुपमा भइरहेको छ ।  जनकपुरको महेन्द्रनारायण निधी सांस्कृतिक सभाकक्षमा बिहान ९ बजेदेखिनै सुरु भएको निर्वाचन दिउँसो ३ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । 

दुई सिटका लागि मधेश प्रदेशमा पाँचजनाले उम्मेदवारी दिएका छन् । गठबन्धनमा अन्य तर्फ नेपाली कांग्रेस अनुशासन विभागका संयोजक समेत रहेका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना र जसपाबाट पुजा चौधरी चुनावी प्रतिस्पर्धामा छन् । अर्कोतर्फ एमालेबाट विजेता झा र उषा चौधरी र जनमत पार्टीबाट रामशंकर महासेठ उम्मेदवार छन् । 

मधेश प्रदेशमा नेपाली कांग्रेसको मतभार ३ हजार १ सय ६१ छ भने प्रतिस्पर्धी एमालेसँग जम्मा २ हजार ३ सय ५५ छ । विपक्षी उम्मेदवारहरु जनमतसँग जम्मा ७ सय ४६ मतभार छ । जनता समाजवादी पार्टी १ हजार ९९५, लोकतान्त्रिक समाजवादी पार्टी ९ सय ३३, नेकपा माओवादी ८सय १९, एकीकृत समाजवादी पार्टी ५ सय ८० र नागरिक उन्मुक्ति पार्टीसँग ५३ मतभार छ । यी बाहेक रिजमान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी, साझा विवेकशिल पार्टी र स्वतन्त्र सांसद समेतको समर्थन आउने प्रतिबद्धता जाहेर भएको आधारमा गठबन्धनसँग करिब ७० प्रतिशतभन्दा बढि मतभार पुग्ने अनुमान गरिएको छ । 

राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य, नगर, उपमहानगर तथा महानगरका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रावधान छ । मधेशमा १ सय ७ जना प्रदेश सांसद, ७७ जना नगर प्रमुख, ७७ जना उपप्रमुख, ५९ जना अध्यक्ष तथा ५९ जना उपाध्यक्ष छन् । मतदाताहरुमध्ये नेपाली कांग्रेससँग २२ जना सांसद, ३० मेयर, ३२ उपमेयर, १८ अध्यक्ष र २५ उपाध्यक्ष छन् । 

जसपासँग १९ सांसद, ८ मेयर, १० उपमेयर, १७ अध्यक्ष र १७ उपाध्यक्ष छन् । माओवादीसँग ९ सांसद, ७ मेयर, ५ उपमेयर, २ अध्यक्ष र ४ उपाध्यक्ष छन् । लोसपासँग ९ सांसद, ७ मेयर, ५ उपमेयर, ८ अध्यक्ष र ४ उपाध्यक्ष छन् । एकीकृत समाजवादीसँग ७ सांसद, ५ मेयर, ५ उपमेयर र १ अध्यक्ष छन् । नागरिक उन्मुक्ति पार्टीसँग १ सांसद छन् । 

त्यसैगरी एमालेसँग २४ सांसद, १९ मेयर, २० उपमेयर, १९ अध्यक्ष र ७ उपाध्यक्ष छन् । जनमतसँग १३ सांसद, १ मेयर, १ अध्यक्ष र १ उपाध्यक्ष छन् । साझा विवेकशिल पार्टीसँग १ अध्यक्ष र १ उपाध्यक्ष छन् भने राप्रपासँग १ तथा स्वतन्त्र १ सांसद छन् । 

बजार बन्द गराउँदै हिँडेका आजपा कार्यकर्ता पक्राउ

यता, प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का नेता तथा कार्यकर्ताहरुले जनकपुर बजार बन्द गराउन लाग्दा प्रहरीले पक्राउ गरेको हो । बजार र यातायात बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले आजपाका महासचिव उपेन्द्र साह,प्रवक्ता सीबी साह,स्थायी कमिटी सदस्य श्रीलाल महासेठ,महोत्तरी जिल्ला अध्यक्ष विजयकुमार साह  लगायत नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ । 

बैंकले बढाएको ब्याजदर घटाउनुपर्ने, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आमजनतालाई सहजकर्जा उपलब्ध गराउने लगायतका माग राखी आजपाले विहीबार मधेश बन्दको आह्वान गरेको थियो । बन्दको कारण राष्ट्रियसभा निर्वाचनमा असर पर्ने भएपछि प्रहरीले आजपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मधेशका अन्य जिल्लामा पनि आजपाका कार्यकर्ता पक्राउ परेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.