राष्ट्रियसभामा मधेश प्रदेशबाट गठबन्धनका ढुंगाना र चौधरी विजयी

राष्ट्रियसभामा मधेश प्रदेशबाट गठबन्धनका ढुंगाना र चौधरी विजयी
मधेश प्रदेशबाट राष्ट्रिसभामा निर्वाचित आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी । तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।  निर्वाचित भएका सत्तारुढ गठबन्धका आनन्दप्रसाद ढुंगाना नेपाली कांग्रेस र पूजा चौधरी जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए। ढुंगाना धनुषा र चौधरी पर्साकी हुन् ।

अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभारले ढुंगाना निर्वाचित भएका हुन् । उनलाई प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत प्राप्त भएको हो । ढुंगानाका प्रतिस्पर्धी  एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाएका हुन् । उनलाई प्रदेशसभाका २५ र पालिकाका पदाधिकारीहरुको ६१ मत प्राप्त भएको हो । 

महिला कोटातर्फ सत्ता गठबन्धकै पूजा चौधरीले ७ हजार ९२३ मतभार पाएर विजय प्राप्त गरेकी हुन्। उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत प्राप्त भएको हो । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीहरुको मतभार १९ हुन्छ ।

मधेश प्रदेशमा राष्ट्रिय सभाका मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख र उपप्रमुखहरुले मतदान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.