फेवाफेरो हाइकिङ मार्गलाई बजेट

फेवाफेरो हाइकिङ मार्गलाई बजेट
फेवाफेरो पदयात्रा मार्गको अवलोकन गर्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापालगायत। तस्बिर : कृष्णमणि बराल
सुन्नुहोस्

पोखरा : पोखरामा पर्यटकको बसाइ लम्ब्याउन रानीवनतर्फ पनि पदयात्रा मार्ग बनाइने भएको छ। फेवा ड्याम साइड रानीवन हुँदै नयाँ हाइकिङ मार्ग फेवाफेरो निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ। 

हाइकिङ पदयात्रा मार्गको निर्माण सुरु हुनुअघि गण्डकी प्रदेशका पर्यटन मन्त्री दीपेन्द्रबहादर थापा, पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, ट्रेकिङ एजेन्स एसोसियसन अफ नेपाल पश्चिमाञ्चलका अध्यक्ष धर्म पन्थीलगायत पर्यटन व्यवसायीले पदयात्रा मार्ग निर्माणस्थलको मंगलबार अवलोकन गरेका छन्। 

भ्यु फेवा, राउन्ड फेवा पदयात्रा मार्ग बनाउन सके पर्यटकको बसाइ लम्बिने देखेर के कसरी पदयात्रा मार्ग बनाउन सकिन्छ अवलोकन गर्न फिल्डमै आएको गण्डकी प्रदेशका पर्यटन मन्त्री थापाले बताए। पदयात्रा मार्ग निर्माणका लागि प्रदेश सरकारले यस आर्थिक वर्षमा बजेट छुट्ट्याएको र सरोकारवालासँग छलफल गरी उपभोक्ता समितिमार्फत पदयात्रा मार्ग निर्माणको काम गरिने गण्डकी प्रदेश पर्यटन मन्त्रालयका पर्यटन सचिव कुमानसिंह गुरुङले बताए।

स्थानीय स्रोत साधन ढुंगा, माटो प्रयोग गरेर प्रकृति मैत्री पदयात्रा मार्ग निर्माण गरिने गुरुङले बताए। फेवाफेरो पदयात्रा मार्ग निर्माणले अन्नपूर्ण पदयात्रामा जानुअघि पर्यटकलाई ‘वामअप’ का लागि हिमाल, ताल, पोखराबजार हेर्दै हिँड्ने ५/६ घण्टाको हाइकिङ डिस्टिनेसनको रूपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष धर्म पन्थीले बतए। 

पोखरा आएका पर्यटकलाई फेवातालमा हिमाल डुबुब्ली मारेको दृश्य, चराचुरुंगीको चिरबिर आवाज, विभिन्न प्रजातिका वनस्पतिको अवलोकन गर्न सकिने भएकाले फेवाफेरो पदयात्रा मार्ग पर्यटकको बसाइ लम्बिने टान पश्चिमाञ्चलका उपाध्यक्ष कृष्ण आचार्यले बताए। फेवाफेरो पदयात्रा फेवा बाँधदेखि रानीवन हुँदै फिस्टेलमाथि निस्केर मेवाखोला, मागीसम्म पुग्ने गरी बनाइने योजना रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.