भन्सार छलीका सामग्री बरामद
धरान : भन्सार छलेर भारतबाट सुनसरी ल्याउँदै गरेको सामग्री बरामद भएको छ। भन्सार छली गरी नेपाल भित्राइएका किराना सामान, लत्ताकपडा, सुर्ती, प्याज लगायतका समानहरू सशस्त्र प्रहरीले बरामद गरेको हो।
सशस्त्र प्रहरीले ४ लाख १३ हजार ६५० रुपैयाँ बराबरको भन्सार छलीको सामान र तस्करीमा प्रयोग गरिएको एक थान मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए।
बरामद गरिएका सामानहरू सुनसरी मुल भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ। चोरी तस्करी र अवैध कारोबार नियन्त्रण गर्न सुनसरीको प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर, कप्तानगंज, श्रीपुर, उल्टी, साहेबगंज र सुरक्षा बेश भुटाहाबाट चौबिसै घण्टा सशस्त्र प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक तुम्बाहाम्फेले बताए ।
यसैगरी शनिबार ३३ किलो गाँजा परालको कुन्यौमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनले बताए।