यसरी पो हराएछु...
कुनै चर्को मध्याह्न
लुगा झैं टांगिएछ मलाई
यसरी पो म हराएछु...।
चुपचाप बेखबर हराउनु पर्छ मान्छे
लेखियो कतै इतिहासकै गर्तमा
यसरी पो म हराएँछु...
सुस्त सुस्त हराउँछ नि!
डाँडाबाट घाम आकाशबाट जून÷तारा।
कुन सालसम्बत्बाट हराएको हुँ म
के के हरायो मसँगै?
यस्तै के सोच्दै थिएँ म
सोच्नै नसक्ने गरी धेरै थोक हराइसकेछ यहाँ
यसरी पो म हराएँछु... ।
अब हराइसकेपछि
भेट्टाउन आफैंलाई फेरि
कसरत गर्न नसक्ने मस्तिष्कसँग
देशले पनि त खासै गुनासो गर्दैन!