अमेरिकामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो
काठमाडौं : अमेरिकाको वासिङ्टन डीसीमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सको विमान हेलिकोप्टरको ठक्करबाट समुन्द्रमा खसेको थियो। समुन्द्रबाट ३० जनाको शव निकालिएको बीबीसीले जनाएको छ।
जेट क्यान्ससबाट वासिङ्टन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (H-60) हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो। हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको एजेन्सीहरूले उल्लेख गरेका छन्।
घटनामा संलग्न अनुसन्धानर्मीहरूले हेलिकोप्टर किन त्यो उचाइमा उडेको थियो भन्ने विषयमा सोधपुछ गरिरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !