आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका बिचल्ली

आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका बिचल्ली
आमाको मृत्युपछि चार महिने शिशुलाई दुध खुवाउँदै छिमेकी महिला । तस्बिर : अन्नपूर्ण

मुगु :  एकहप्ता अगाडि मौसमी रुघाखोकीबाट सोरु गाउँपालिका–६,पुरुमुरु गाउँकी २४ वर्षीया कुसुम ढोलीको मृत्यु भयो। कुसुमको मृत्यु भएपछि चार महिने शिशुसहित तीन बालबालिकाको बिचल्ली भएको छ। उनका चार महिनाकी एक छोरी, पाँच वर्षीय छोरा र  तीन वर्षीया छोरी अलपत्र परेका हुन्।

कुसुमका सुसुरा सलबहादुर ढोलीले बुहारीको मृत्युपछि नातिनातिनाहरू सम्हाल्न गाह्रो भएको दुखेसो पोखे। उनले भने,'बुहारीको मृत्युले दु:खीमात्रै छैनौं यि साना नातिनातिनाहरू कसरी सम्हाल्ने भन्ने पिरलो थपिएको छ।'

उनले नातिनातिनाले आमा कहाँ जानु भयो भनेर सोध्ने गरेको र आफूले केही समय पछि आउँछिन् भनेर झुटो बोल्ने गरेको बताए। उनले छाक टार्नै धौधौ भइरहेका बेला  बुहारीले छोडेर गएपछि बालबालिकाहरूलाई के खुवाएर पाल्ने चिन्ता थपिएको बताए।

null

सलबहादुर आफू पनि बिरामी छन् । उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन्। 

परिवारको गर्जो टार्न कुसुमका ससुरा सलबहादुर र श्रीमान धान्ने ढोली गत मंसिरमा भारत गएका थिए।  उनीहरू भारत गएको दुई महिना नबित्दै घरमा कुसुम बिरामी परिन्। बिरामी भएको खबर पाएपछि बुवा छोरा घर फर्किए।  तर उनीहरु घर पुग्ने वित्तिकै कुमुसले संसारबाट बिदा लिइन्। 

अहिले गाउँभरी रुघाखोकी र ज्वरो फैलिएको छ। रुघाखोकी र  ज्वरोले सयौंजना थलिएका छन्।  रुगाखोकीका कारण सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा कुसुमसहित अन्य दुईजनाको मृत्यु भएको  छ ।  १ सय ३५ जना थला परेका छन् ।

उक्त गाउँमा जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली पुगी चेकजाँच गरेका थिए । बिरामीहरूको स्वाभ संकलन गरी काठमाडौं पठाइएको छ । रिर्पोट आउन केही समय लाग्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.