एनसेल सेयर खरिद बिक्रीको विषय एकदमै गम्भीर छ, प्रतिवेदनले सही निर्णय गर्न मद्दत गर्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल सेयर खरिद बिक्रीको विषय एकदमै गम्भीर रहेको बताएका छन्। उनले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ५ सदस्सीय छानबिन समितिको प्रतिवेदन बुझ्दै समयमै प्रतिवेदन आएकोमा धन्यवाद दिए।
उनले गम्भीर अध्ययन र विश्लेषण गरेर सरकारलाई मद्दत गर्नेगरी प्रतिवेदन आएको विश्वास व्यक्त गरे। 'एनसेलको सेयर खरिद बिक्रीको कुरा एकदमै गम्भीर छ। तपाइँहरूले त्यो गम्भीर्यता बुझेर प्रतिवेदन पेस गर्नुभएको भन्ने विश्वास छ। यस विषयमा धेरैले चासो राख्नुभएको छ,' उनले भने। उनले प्रतिवेदनले सरकारलाई सही निर्णय गर्न मद्दत पुग्ने बताए।