बाँदर र बँदेलले सास्ती दिन थालेपछि गुल्मीमा झाडी फडानी

बाँदर र बँदेलले सास्ती दिन थालेपछि गुल्मीमा झाडी फडानी
सुन्नुहोस्

गुल्मी : गुल्मीमा बाँदर र बँदेलले सास्ती दिन थालेपछि झाडी फडानी सुरु भएको छ। जिल्लाको रेसुंगा नगरपालिका-१ मा बाँदर र जंगली जनावरले सास्ती पुर्‍याएको नागरिकले गुनासो गरेपछि वडा कार्यालयले कुकाठ र झाडी फडानी सुरु गरेको हो।  

वडा कार्यालयमार्फत झाडी फडानी गरेसँगै छोरा छोरीलाई विद्यालयमा आवतजावत र बारीमा तरकारी रोप्न थप सहज हुने अपेक्षा लिएको स्थानीय सुन्तली कामीले बताइन्। ‘पहिले घनाघोर झाडी र रुखका कारण पारी गाउँ देख्न, छोराछोरी स्कुल पठाउन मुस्किल पर्थ्यो,' उनले भनिन्, ‘वडाले झाडी र कुकाठको फडानी गरेपछि बस्तीसँगै मेरो मन समेत उज्यालो बनेको छ।'

यतिबेला घनाघोर झाडी फडानीले गाउँ उज्यालो बनेको छ। बाक्लो झाडी र कुकाठका कारण बाँदरले हैरानी दिएको र धपाउन समेत मुस्किल परेको स्थानीय शान्ता पन्थीले बताइन्। बाँदरले घर भित्र्याएको अन्नबाली सखाप बनाउने र प्रायः दुख दिने गरेको किसान बताउँछन्। 

कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्नुपर्ने अवस्था आएको छ। वडा कार्यालयले  यस वर्ष आर्दश बोर्डिङदेखि २ नम्बर वडा कार्यालयको सिमानासम्म फडानी गरेको छ। 

गतवर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो। त्यसबाट राम्रो प्रतिफल नआएपछि यस आर्थिक वर्ष कुकाठ, बाँस र झाडी फडानी गरी नागरिकलाई सहजता दिने उद्देश्य रहेको  वडाध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए। 

यस आर्थिक वर्षमा कुकाठ र झाडी फडानी गर्न वडा कार्यालय मार्फत ७० हजार विनियोजन गरिएको छ। फडानी गरेको खाली जग्गामा कागती, टिमुर,अदुवा, पिडालु, बेसार लगायतका फलफूलका बिरुवा रोप्ने वडाध्यक्ष पन्थीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.