दुई वर्षमै डेढ अर्बको कारोबार, ३४ जनाले उजुरी दिएपछि समातिए डम्बर

दुई वर्षमै डेढ अर्बको कारोबार, ३४ जनाले उजुरी दिएपछि समातिए डम्बर
सुन्नुहोस्

काठमाडौं : सप्तरी राजविराजका डम्बर साहलाई अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसनधान कार्यालयको प्रहरी टोलीले उनलाई पाँचथरबाट पक्राउ गरेको हो।

उनले दुई वर्षको अवधिमा अनलाइनबाटै करिब डेढ अर्ब रुपैयाँ ठगी गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जालबाट हुने ठगी ह्वात्तै बढेको छ। विभिन्न पुरस्कारका नाममा गरिने ठगीमा सर्वसाधारण सजिलै पर्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सामाजिक सञ्जालबाट ठगिएको भन्दै आउने उजुरी केलाउँदै जाँदा अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा अकाउन्ट ठगी कार्यमा पटक-पटक प्रयोग भएको प्रमाण जुटायो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार उक्त अकाउन्टविरुद्ध कार्यालयमा ३४ जनाको उजुरी आएको थियो। उजुरी पछ्याउँदै जादा प्रहरीले डम्बरको यो धन्दा पत्ता लगाएको हो। उनको खातामा २ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँको अनलाइन कारोबार गरिएको थियो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार अनलाइन ठगी गरेको भन्दै अपराध अनुसनधान कार्यालयमा हरेक वर्ष १२-१३ सय उजुरी आउने गर्छ। यस्तै उजुरी पछिल्लो समय बढ्दो क्रममा छ। 

प्रहरीका अनुसार शाहलाई ताप्लेजुङबाट फर्किँदै गर्दा बाटोमै पक्राउ गरिएको हो। उनले विभिन्न तरिकाले अनलाइन ठगी गर्ने गर्थे। क्रिप्टो अकाउन्टमा पनि पैसा लोड गर्ने गर्थे। अनलाइन पैसा चाहिनेलाई स्क्यानरबाट पठाइदिने गर्थे। क्यास चाहिनेलाई नगद नै पुर्‍याउने गर्थे। आफूलाई इन्जिनियर हुँ भन्दै शाहले विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्ने गर्दथे। उनले अमेरिकामा मात्रै चलाउन सकिने क्यास एपसमेत चलाउने गरेका थिए। नेपालमा ईसेवा, खल्तीलगायतका एपजस्तै डिजिटल पेका लागि अमेरिकामा क्यास एप चलनमा छ। 

क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना पक्राउ
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ७ जनालाई पक्राउ गरेको छ। अवैधरूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत् जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्सजस्ता खेल खेलाइरहेको सूचनासँगै प्रहरीले यो गिरोहको खोजी गरेको थियो। नेपालमा कुनै पनि अनलाइन जुवा खेल्न कानुनले बन्देज गरेको छ। पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.