गुल्मीमा आयुर्वेद पसल सिल, छानबिनका लागि समिति गठन

गुल्मीमा आयुर्वेद पसल सिल, छानबिनका लागि समिति गठन
सुन्नुहोस्

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार सिल गरेको सफल र सम्पन्न आयुर्वेद पसल छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति गठन गरिएको हो।

त्यस्तै छानबिन समितिको सदस्यमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, रेसुंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौधरी रहेका छन्। 

समितिले माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन पेश गर्ने गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। प्रतिवेदनका आधारमा आयुर्वेद पसलका सञ्चालक दोषी देखिएमा कानून अनुसारको कारबाही हुने गैरेले बताए। 

तम्घासमा विगत लामो समयदेखि सञ्चालन भइरहेको उक्त आयुर्वेद पसलले गैरकानुनी ढंगले उपचार र ल्याब सेवा सञ्चालन गरेकोले प्रशासनले सिल गरेको थियो। उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधिहरु राख्ने गरेको, एक्स–रे तथा भिडियो–एक्सरे सेवा, फिजियोथेरापी र नेबुलाइजर सेवा प्रवाह गरेको प्रशासनले जनाएको छ।

रमेश अधिकारी दम्पतीले सञ्चालन गर्दै आएको सफल र सम्पन्न आयुर्वेद पसलले नियमितविपरीत सञ्चालन गरेको जनगुनासो आएपछि प्रशासनले अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। 

उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकारभन्दा बाहिर रहेर काम गरेको फेला परेपछि पसल सिल गरेर छानबिन गर्न समिति गठन गरिएको प्रजिअ शर्माले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.